कांग्रेसद्वारा कोरोनाको ‘स्व–परीक्षण एप’ सार्वजनिक « Khabarhub

कांग्रेसद्वारा कोरोनाको ‘स्व–परीक्षण एप’ सार्वजनिक


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विशेषज्ञ चिकित्सकको परामर्शमा आज एक वेब एप जारी गरेको छ ।

कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेबसाइट www.nepalicongress.org/covid19/मार्फत सो एप आज जारी गरेको पार्टी प्रवक्ता एवं विभाग प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए ।

वेब एपमा घरमै बसेर पनि कोरोना भाइरस सङ्क्रमणको लक्षण आफूमा रहे नरहेको परीक्षण जो कसैले गर्न सक्ने उनले बताए ।

साथै कसैमा कोरोना सङ्केत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने तथा नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने उक्त वेब एपको विशेषता रहेको छ ।

नागरिकमा कोरोना जोखिमबारे सचेतना थप अभिवृद्धि गराउने, भौतिकरुपले परीक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोवैज्ञानिक रुपले ठूलो जनसङ्ख्यालाई स्व–परीक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने तथा सङ्क्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पु¥याउँदै व्यक्ति, समुदाय र सरकारलाई सघाउने एपको उद्देश्य रहेको प्रवक्ता शर्माले बताए ।

उक्त एपको चिकित्सकीय परामर्शका लागि नेपाल मेडिकल एसोसिएशन पूर्वअध्यक्ष, डा अञ्जनी झा, सरुवा रोग विशेषज्ञ डा वासुदेव पाण्डे, नेपाल मेडिकल एसोसिएशनका उपाध्यक्ष डा अनिलविक्रम कार्की र फोक्सो रोग विशेषज्ञ डा अशेष ढुङ्गानालाई तोकिएको छ ।

एपको निर्माण सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का पूर्वकेन्द्रीय सदस्य ई शशाङ्कश्री न्यौपाने र सिडेनका पूर्वमहासचिव ई दीपेश विष्टको समूहले गरेको पार्टी कार्यालयले जनाएको छ । थप सुझाव ग्रहण गर्दै वेब एपको भर्सन परिमार्जित गरिँदै जाने प्रवक्ता शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ५ : ४६ बजे

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण