पल्पसा क्याफे र फूलानी पढें, राम्रो लाग्यो: वर्षा शिवाकोटी « Khabarhub

पल्पसा क्याफे र फूलानी पढें, राम्रो लाग्यो: वर्षा शिवाकोटी


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटीको आज जन्मदिन हो । लकडाउनका बेला जन्मदिन परेकाले उनलाई यो जन्मदिन स्मरणीय रहनेछ । उनका फ्यानले वर्षालाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

वर्षाको अभिनय रहेको फिल्म ‘लक्का जवान’ चैतमा रिलिज हुने भनिएको थियो । तर कोरोना भाइरसका कारण सरकारले हल बन्द गरेपछि फिल्मको प्रदर्शन स्थगित भयो ।

लकडाउनका कारण कलाकारहरू फुर्सदिला बनेपछि एकपछि अर्को कलाकार लाइभमा आएर फ्यानसँग गफिने गर्न थालेका छन् । यता नायिका वर्षा शिवाकोटी पनि आज (सोमवार) लाइभ आइन् । लाइभमार्फत उनले फ्यानसँग गफ गरिन् ।

सेल्फ क्वारेन्टाइनमा बसेकी वर्षाले फ्यानसँग बोल्न पाएको भन्दै खुशी व्यक्त गरिन् । साथै उनले आफ्नो साथी सर्कलमा जोडिएकाले सोधेको प्रश्नको उत्तर पनि दिइन् ।

फ्यानले कसरी दिन बिताइरहनुभएको छ भनेर सोधिरहेको प्रश्नमा वर्षाको काम र पुस्तक पढेर बिताएको बताइन् । उनले केही समयअघि मिचेल ओबामाको ‘बिकमिङ’ पढेकी थिइन् । उनले भनिन् – ‘पल्पसा क्याफे केही दिनअघि पढेर सकें, फ‌ूलानी पनि हिजो पढेर सकें, राम्रो लाग्यो ।’

‘पल्पसा क्याफे’ नारायण वाग्लेले लेखेको उपन्यास हो भने ‘फ‍‍ूलानी’ रंगकर्मी खगेन्द्र लामिछानेले लेखेको कथा सङ्ग्रह हो । वर्षाले भनिन् – ‘पल्पसा क्याफे’का बारेमा त मैले भन्नु नपर्ला । ‘फूलानी’मा पनि निकै राम्रा कथा रहेछन् ।

उनले सबैलाई पुस्तक पढ्ने बानी पार्न पनि आग्रह गरिन् । लकडाउनका बेला वर्षाले पढ्न चाहेका र पढ्न नपाएका पुस्तकको नाम बनाएको र पछि किन्ने पनि बताइन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : २९ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै