उपत्यकाका ११ स्थानबाट तरकारी बिक्री गर्ने महानगरको  तयारी « Khabarhub

उपत्यकाका ११ स्थानबाट तरकारी बिक्री गर्ने महानगरको  तयारी


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले उपत्यकाका ११ स्थानबाट तरकारी बिक्री वितरणको तयारी थालेको छ ।

महानगरले कालीमाटी तरकारी बजारमा देखिएको भिडलाई व्यवस्थापन गर्नका लागि उत्यकाका ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालन गर्ने तयारी गरेको हो ।

महानगरले कलंकी चोक, बाफल चोक, स्वयम्भू चोक, बनस्थली चोक, गोंगबु चोक, बसुन्धरा चोक, गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचोर र रत्नपार्कमा अस्थायी बजार सञ्चालन गर्न लागेको हो।

काठमाडौँ महानगरपालिका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार पहिलो चरणमा महानगरपालिकाले परिक्षणका लागि ११ ठाउँबाट थोक बिक्रिका लागि स्थान उपलब्ध गराएको हो ।

‘कालीमाटी तथा बल्खुको फलफुल बजारमा बढ्दो भिडभाड नियन्त्रण–व्यवस्थापन गर्न हामीले विभिन्न ११ स्थानबाट बिहान ८ बजेसम्म बिक्रि गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराउने भएका हौँ,’ भण्डारीले भने, ‘सबै ठाउँमा सबै खाले फलफुल र तकारी उपलब्ध गराउने व्यवस्थापन गर्न पनि हामीले भनेका छौँ ।’

उनले यसले कालीमाटी र बल्खुमा हुने भिडभाड कम हुने विश्वास व्यक्त गरे ।

आजै काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले फलफुल तथा तरकारी बजारमा कोरोना भाइरस को रोकथाम तथा नियन्त्रण गर्न कालीमाटी तथा बल्खुको फलफुल बजारमा बढ्दो भिडभाड नियन्त्रण–व्यवस्थापन गर्न सामाजिक दूरी कायम गर्ने निर्णय गरेको थियो ।

बैठकले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूल नेपाल भित्रिँदा उक्त तरकारी तथा फलफुलसँग भारतीय नागरिक पनि नेपाल प्रवेश गर्ने हुँदा कोरोनाको संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गर्दै भन्सार विन्दुम नै भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूल आयतमा पूर्ण रुपमा रोक लगाउन माथिल्लो निकायमा अनुरोध गर्ने साथै व्यवसायीहरुले फलफूल तथा तरकारी भारतबाट आयत गर्न नपठाउने पनि निर्णय गरेको छ ।

त्यस्तै फलफूल तथा तरकारी बजारमा उपभोक्ताबाट लिने गरेको अस्वाभाविक मूल्यले गर्दा थोक मूल्य र खुद्रा मूल्यमा देखिएको मूल्य अन्तरलाई यथार्थ परक बनाउने, त्यसका लागि सबै पक्षले आवश्यक समन्वय गर्ने पनि निर्णय भएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : २२ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी