सीमानाकामा सशस्त्र प्रहरिले बढायो सक्रियता « Khabarhub

सीमानाकामा सशस्त्र प्रहरिले बढायो सक्रियता


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बारा जिल्लास्थित सशस्त्र प्रहरी बल १२ नम्बर गणले सीमा ईलाकामा उपस्थिति मजबुत बनाएको छ ।

सशस्त्र प्रहरी बलले बाराको ६० किलोमिटर सीमा ईलाकामा हाल सम्म १२० भन्दा बढी जनशक्ति नियमित परिचालन गरेको गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बताए ।

बारा जिल्लामा सीमा नाकामा हाल ७ वटा बीओपी मार्फत नियमित रुपमा सीमा सुरक्षा तथा राजस्व संकलन चोरी निकासी पैठारी नियन्त्रणको कार्य गर्दै आइरहेको छ ।

सात बीओपीमा जनशक्ति थप गरी लकडाउन सफल पार्न तथा कोरोना सन्क्रमित तथा कोही पनि व्यक्तिहरु सीमा नाकाबाट आवतजावत नगरुन् भनी सिमा नाकामा कडाइ गरिएको गणपति सुबेदीले बताए ।

सशस्त्र प्रहरिको जनशक्ति थपको लागि गृह मन्त्रालयमार्फत समेत अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए ।

आजै मात्र प्रमुख जिल्ला अधीकारी पण्डितको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरुले जिल्लाको सीमानाकाको निरीक्षण गरिएको छ ।

मटिअर्बा देखि पश्चिम छतवासम्मको सीमानाकाको अनुगमन भएको मटिअर्बा बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक लक्ष्मण जोशीले बताए ।

कोरोना सन्क्रमण रोक्नको लागि शसस्त्र प्रहरी बल सीमा नाकामा सक्रय भएर लागेको गणपति सुबेदीले बताए ।

आइतबारमात्र सशस्त्र प्रहरी बलले जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने तीन जना भारतीय मुस्लिम धर्मावलम्बीहरुलाई नियन्त्रणमा लिइ समकक्षी एसएसबीलाई बुझाएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १० : ०० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब