महेश बस्नेत पराजित भएको भक्तपुर-२ मा शोभा पाठकलाई १९ मत « Khabarhub

महेश बस्नेत पराजित भएको भक्तपुर-२ मा शोभा पाठकलाई १९ मत


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री निर्वाचित हुँदा महेश बस्नेत र शोभा पाठक दुवै पराजित भएका छन् ।

खत्रीले ३४,७०२ मत प्राप्त गर्दै जित हासिल गरे। यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार बस्नेतले ८,३५१ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भए। यहा नेपाली कांग्रेसका कविर राणाले ७,३२१ मत पाएका छन्।

यहाँ महेश बस्नेतलाई बलात्कारसहितका विभिन्न आरोप लगाउँदै आएकी शोभा पाठकले केबल १९ भोट पाएकी छन्। नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक (शोभा)ले १९ मत मात्रै पाएकी हुन् । धादिङकी उनी बस्नेतलाई कुनै हालतमा हराउने भन्दै भक्तपुर-२ पुगेकी थिइन् । बस्नेतविरूद्ध उनको प्रचारले रास्वपाको भोट बढाउन सहयोग गरेको अनुमान छ।

यहाँ नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले २,९४१ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटाले १,११४ मत पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापाले ९०१ मत, श्रम संस्कृति पार्टीका अर्जुन बासुले ५९३ मत र उज्यालो नेपाल पार्टीका जितराम लामाले ३३६ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार आनन्द कार्कीले १३७ मत पाउँदा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रकाशराज ढुङ्गेलले ३८ मत र स्वतन्त्र उम्मेदवार साजन ढकालले ३३ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ९ : १८ बजे

बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ