कोरोना संक्रमणमुक्त भएका ६ जनालाई कोशी अस्पतालबाट डिस्चार्ज गरिदै « Khabarhub

कोरोना संक्रमणमुक्त भएका ६ जनालाई कोशी अस्पतालबाट डिस्चार्ज गरिदै


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विराटनगरस्थित कोशी अस्पतालमा उपचारारत ३१ जनामध्ये ६ जना कोरोना संक्रमितको तेस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार गरिएको तेस्रो पटकको स्वाब परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्जको तयारी भएको छ ।

प्रदेश एकको सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार आज विहान ८ बजे डिस्चार्ज गर्न लागिएका भारतीय नागरिकलाई विराटनगरको रानीस्थित एक मस्जिदमा बस्ने व्यवस्था मिलाइएको छ ।

भारतमा पनि कोरोना भाइरसको संक्रमणले लकडाउन गरिएकाले उनीहरुलाई विराटनगरस्थित रानीमा रहेको मस्जिदमा क्वारेन्टाइनमै बस्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

वैशाख ५ र ६ गते उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको एक मस्जिद बसेका १२ जना भारतीयमध्ये ६ जनाको तेस्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो ।

मन्त्री घिमिरेका अनुसार डिस्चार्ज हुनेहरुमा ३४ वर्षीय मोहम्मद अजिरवान, ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २६ वर्षीय मोहम्मद राशिद र २१ वर्षीय मोहम्मद अहमद साहेव रहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ६ : ३३ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग