कोरोना भाइरस मार्न अमेरिकामा परावैजनी बत्ती जडान गरिदै « Khabarhub

कोरोना भाइरस मार्न अमेरिकामा परावैजनी बत्ती जडान गरिदै


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको महामारीले सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले भाइरस मार्न परावैजनी बत्ती जडान गर्न थालेको छ ।

परावैजनी बत्ती आगामी मे ११ देखि न्यूयोर्कका ट्रेनमा प्रयोगमा आउने छ । एमटीएका अधिकारीहरुले ट्रेनहरु संक्रमणविहिन बनाउन शक्तिशाली बत्तिहरु प्रयोग गरिने थालिएको जानकारी दिएका छन् ।

ट्रेनबाट सुरु गरिएको पराबैजनी बत्तीको जडान यातायातका अन्य माध्यममा पनि विस्तार गरिने बताइएको छ ।

अमेरिकामा अहिलेसम्म ब्लीच र रसायन छर्केर संक्रमणबिहिन बनाउने गरिएकोमा अब नयाँ प्रविधि अपनाउन लागिएको हो ।

यातायात प्रणालीमा अन्य रोगहरु मार्न परावैजनी प्रकाशको प्रयोग परीक्षण गरिसकेका कोलम्बिया युनिभर्सिटीका बैज्ञानिकहरुसँग यसका लागि सहकार्य गरिएको एमटीएले जनाएको छ ।

बत्तिहरु रेलका डिब्बाहरुमा राखिनेछ । त्यस्तै एमटीएका रेलयार्ड र बस डिपोहरुमा पनि राखिने छ ।

परावैजनी किरण मानिसमा सिधै परेमा असर गर्नसक्ने भएकाले मानिसलाई असर नगर्ने गरी रेलका डब्बाहरुमा राखिने छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ०१ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को