कोरोना भाइरस मार्न अमेरिकामा परावैजनी बत्ती जडान गरिदै « Khabarhub

कोरोना भाइरस मार्न अमेरिकामा परावैजनी बत्ती जडान गरिदै


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको महामारीले सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले भाइरस मार्न परावैजनी बत्ती जडान गर्न थालेको छ ।

परावैजनी बत्ती आगामी मे ११ देखि न्यूयोर्कका ट्रेनमा प्रयोगमा आउने छ । एमटीएका अधिकारीहरुले ट्रेनहरु संक्रमणविहिन बनाउन शक्तिशाली बत्तिहरु प्रयोग गरिने थालिएको जानकारी दिएका छन् ।

ट्रेनबाट सुरु गरिएको पराबैजनी बत्तीको जडान यातायातका अन्य माध्यममा पनि विस्तार गरिने बताइएको छ ।

अमेरिकामा अहिलेसम्म ब्लीच र रसायन छर्केर संक्रमणबिहिन बनाउने गरिएकोमा अब नयाँ प्रविधि अपनाउन लागिएको हो ।

यातायात प्रणालीमा अन्य रोगहरु मार्न परावैजनी प्रकाशको प्रयोग परीक्षण गरिसकेका कोलम्बिया युनिभर्सिटीका बैज्ञानिकहरुसँग यसका लागि सहकार्य गरिएको एमटीएले जनाएको छ ।

बत्तिहरु रेलका डिब्बाहरुमा राखिनेछ । त्यस्तै एमटीएका रेलयार्ड र बस डिपोहरुमा पनि राखिने छ ।

परावैजनी किरण मानिसमा सिधै परेमा असर गर्नसक्ने भएकाले मानिसलाई असर नगर्ने गरी रेलका डब्बाहरुमा राखिने छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ०१ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७