गल्ती स्वीकार गर्दै भारतीय पक्षले माफी माग्यो | Khabarhub Khabarhub

गल्ती स्वीकार गर्दै भारतीय पक्षले माफी माग्यो


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ ।

झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा १५० को सङ्ख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ नजिकको सुरक्षा चौकीमा हुलहुज्जत गरेपछि उनीहरुलाई भगाउन नेपाली सुरक्षाकर्मीले दुई राउण्ड हवाईफायर गर्नुपरेको थियो ।

सोही विषयमा मङ्गलबार दिउँसो घटनास्थलमा दुवै देशका नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायबीच छलफल हुँदा भारतीय पक्षले आफ्नो गल्ती स्वीकार गर्दै संलग्नमाथि भारतीय प्रशासनद्वारा कानूनी कारवाही गरिने सहमति भएको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए ।

‘भारतीय सीमा सुरक्षा बल, सीमावर्ती भारतीय ग्रामपञ्चायतका जनप्रतिनिधि र स्थानीय गाउँलेहरु छलफलमा आएका थिए’, ढकालले सहमतिका बारेमा जानकारी दिँदै भने, ‘हवाईफायर गर्नुपर्ने अवस्था सिर्जना भएकामा भारतीय पक्ष दोषी भएको हामीले बतायौँ, उहाँहरुले गल्ती स्वीकार्दै क्षमा माग्नुभयो ।’

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले छलफलमा सीमाको सुरक्षा संवेदनशीलता नबुझी हुलहुज्जत हुनु भारतीय पक्षको गम्भीर कमजोरी भएको निष्कर्ष निकाल्दै कोभिड–१९ सङ्क्रमण रोक्न सीमा क्षेत्रबाट आवतजावत हुन नदिने दुवै देशले यसअघि गरेको प्रतिबद्धतालाई कडाइका साथ पालना गर्ने सहमति भएको जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ०८ बजे

सिड्नीमा ‘सार्क’ को आक्रमणबाट एक व्यक्तिको मृत्यु

सिड्नी- अस्ट्रेलियाको उत्तरी सिड्नीको समुद्री किनारमा शनिबार एउटा शङ्कास्पद ‘सार्क’ले

राज्यको नीति र कर्मचारी उपदानले थिचिँदै डीडीसी

काठमाडौँ – किसानको दुध खरिद गरेर आम उपभोक्ता समक्ष पुर्‍याउने

काभ्रेका भूमिहीनद्वारा जग्गा माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका करिब पाँच हजारभन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबास

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण, तीनवटा निर्माणको अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा

एमालेमा फरक मतलाई निषेध, आधा घण्टा उभिँदा पनि बोल्न पाएनन् कर्ण थापा

काठमाडौँ – नेकपा (एमाले) भित्रको आन्तरिक लोकतन्त्र गम्भीर संकटमा परेको