कोरोनाविरुद्ध परीक्षण गर्न जापानले ४३ देशमा औषधि पठाउँदै | Khabarhub Khabarhub

कोरोनाविरुद्ध परीक्षण गर्न जापानले ४३ देशमा औषधि पठाउँदै


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जापानले कोरोनाविरुद्ध परीक्षण गर्न विभिन्न ४३ देशमा औषधि पठाउन लागेको छ । रुघाखोकीको उपचारका लागि बनेको औषधि फेभिपिराभिर कोरोना भाइरसविरुद्ध प्रयोग गर्न परीक्षण थालिएको छ ।

चीनको अनुसन्धानकर्ता टोलीले फिभिपिराभिर औषधिले सकारात्मक असर पार्ने उल्लेख गरेसँगै जापानले परीक्षणका लागि ४३ देशमा औषधि पठाउन थालेको हो ।

म्यासाचुसेट्सको एक मेडिकलले फेभिपिराभिरको दोस्रो चरणको परीक्षणसमेत सुरू गरिसकेको छ । अविगान ब्रान्डका नामले चिनिएको यो औषधिले मानिसको कोषमा भाइरसलाई संख्या वृद्धि गर्नबाट रोक्छ ।

सन् २०१४ मा जापानी रसायनिक कम्पनी फुजिफिल्म होल्डिङ कम्पनीले यो औषधि बनाएको थियो । जापानमा मे ३१ सम्मका लागि आपतकाल घोषणा गरिएसँगै सोमबार त्यहाँका प्रधानमन्त्री सिन्जो अबेले फेभिपिराभिर परीक्षणका लागि निर्णय अघि सारेका हुन् ।

जापान सरकारले अप्रिलमै फेभिपिराभिरको उत्पादन बढाउन सुरू गरेको थियो । कोरोना भाइरसको उपचारका लागि यसले सकारात्मक असर पार्न सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ ।

जापान सरकारले औषधिको मूल्य भने तोकिसकेको छैन । जापानमा उत्पादित कुनै पनि किसिमको औषधिको मूल्य सरकार आफैँले तोक्ने गर्छ । जापानका विदेशमन्त्री तोसिमेट्सु मोटेगीले ४३ देशमा २० देखि एक सय मानिसमा परीक्षण गर्ने किसिमले औषधि पठाइरहेको बताएका छन् ।

म्यासाचुसेट्सस्थित हार्डवर्ड विश्वविद्यालयको दोस्रो शिक्षण अस्पताल ब्रिघम र महिला अस्पतालमा ५० बिरामीमा गत अप्रिलमै फेभिपिराभिर औषधिको दोस्रो चरणको परीक्षण सुरू भएको थियो ।

स्कुल औषधि विकास विभाग प्रमुख रोबर्ट फिनबर्गले औषधिले संक्रमितको निको हुने समय र जटिल अवस्थालाई न्यूनीकरण गर्न सक्ने विश्वास रहेको बताएका छन् ।

चीन र जापानका अनुसन्धानकर्ताहरूले केही महिना अघिदेखि नै फेभिपिराभिरको प्रभावकारिताको अध्ययन गरिरहेका छन् । यो औषधिको परीक्षण चीन र इटालीमा भइसकेको छ । भारतमा पनि औषधिको परीक्षण हुने भएको छ ।

चीनमा गरिएको एक परीक्षणमा यो औषधि लिएको चार दिनमा बिरामीको परीक्षण नकारात्मक देखिएको थियो । चीनको राष्ट्रिय बायोटेक्नोलोजी विकास केन्द्रले जनाएअनुसार फेभिपिराभिर औषधि प्रयोग गरिएका आठ प्रतिशत बिरामीले मात्रै भेन्टिलेटर प्रयोग गर्नुपरेको थियो ।

कोरोना भाइरसविरुद्धको खोप र औषधिको विकासका लागि विश्वभरका वैज्ञानिकहरूको दौड चलिरहेको छ । यसअघि मेडिकल परीक्षणमा सफल देखिएपछि अमेरिकाले इबोलाविरुद्ध बनेको औषधि रेम्डेसिभिर कोरोना भाइरसविरुद्ध प्रयोग गर्ने भएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : २१ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार