रोग प्रतिरोधात्मक क्षमता बढाउने अमलाका फाइदा यस्ता छन « Khabarhub

रोग प्रतिरोधात्मक क्षमता बढाउने अमलाका फाइदा यस्ता छन


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमला खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइने हुँदा यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ ।

अमलाको प्रयोग धेरै किसिमको औषधिका रुपमा गरिन्छ । आयुर्वेदमा ‘त्रिफला’मध्येमा अमला पनि एक पर्छ ।

अमलामा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ । चिकित्सकका अनुसार ३ वटा सुन्तलामाभन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ । अमला खानाले बृद्ध–वृद्धाहरु युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दैनिक खानुपर्छ ।

अमलालाई सुख्खा चूर्णको रुपमा, अचारको रुपमा वा अन्य कुनै प्रकारले पनि प्रयोग गर्न सकिन्छ। यस्ता छन् अमलाका खानुका फाइदा-

मधुमेहका लागि

चिनीरोग बेसारको धुलोसँग अमला खाँदा रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ । जुन चिनी रोगका बिरामीका निम्ति लाभदायक हुन्छ ।

पायल्स

सुकाएर राखेको अमलाको धुलो दूधसँग हरेक बिहान खानु पायल्सका रोगीलाई लाभकारी हो ।

नाकबाट रगत बग्दा

नाकबाट रगत बग्ने समस्या भएकाहरूले अमलालाई पिसेर बाख्राको दूधमा मिसाइ टाउको र तालुमा लगाउनाले रगत बग्न बन्द हुन्छ ।

मुटुरोग

मुटुरोग लागेकाहरूले दिनमा कम्तीमा तीन वटा अमला खाने गर्नुपर्छ । दिनहुँ अमला खाएमा मुटुरोग लाग्ने जोखिम कम हुन्छ ।

रुघाखोकी

रुघाखोकी लागेमा दिनमा तीन वटा अमला गाईको दूधसँग खानुपर्छ । अलिक कडै खालको रुघाखोकी लागेको छ भने अमलामा मह मिसाएर खाएमा राहत मिल्छ ।

पिसाब पोल्ने

अमलाको रसमा मह मिसाएर खाने गरेमा पिसाब पोल्न बन्द हुने र पिसाब सफा आउँछ ।

पत्थरी

पत्थरी भएकाहरूले अमलाको चूर्णमा मुलाको रस मिलाएर ४० दिनसम्म लगातार खाने गर्नाले निको हुन्छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ३४ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी