एक खेलमा ५ खेलाडी परिवर्तन गर्ने विषयमा फिफा सकारात्मक « Khabarhub

एक खेलमा ५ खेलाडी परिवर्तन गर्ने विषयमा फिफा सकारात्मक


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्व फुटबलको नियामक निकाय फिफाले एक खेलमा ५ जना खेलाडी सब्स्टीच्युसन (परिवर्तन) का लागि गरिएको प्रस्तावमा सहमति जनाएको छ ।

स्पेनिस खेल पत्रिका मार्काले फिफा स्रोत उल्लेख गर्दै नोबेल कोरोना भाइरस (कोभिड १९) पछि फुटबल सुरू हुँदा यो नियम कार्यन्वयनमा आउने लेखेको छ ।

कोरोना भाइरसका कारण यतिबेला विश्व खेलकुद ठप्प छ । फिफाले आफ्नो २ सय ११ सदस्य राष्ट्र (एसोसियसन) लाई स्वास्थ्यमा ध्यान दिएर फुटबल रोक्न आग्रह गरेको पनि दुई महिना पुग्न लागिसकेको छ ।

कोरोनाले गर्दा फुटबल गतिविधि बन्द रहेको समयमा इङ्ग्लिस फुटबल एसोसियसनले नियम परिवर्तनका लागि गरेको प्रस्तावमा फिफा सहमत भएको हो । कोरोना भाइरसको महामारी पछि विश्व फुटबल पनि नयाँ चरणमा प्रवेश गर्ने आँकलन भइरहेका छन् ।

छोटो समयमा धेरै खेल खेल्नु पर्ने भएपछि खेलाडी घाइते हुने डर बढीरहेकाले ५ जना खेलाडीको प्रस्ताव ल्याइएको थियो ।

९० मिनेटको खेललाई ४५ मिनेटमा छोट्टाउन पनि छलफल भइरहेको थियो । तर, उक्त प्रस्तावमा भने सोच्न नसकिने भन्दै अस्वीकार गरिएको मार्काले लेखेको छ ।

९० मिनेटको खेल ४५ मिनेटमा झार्दा खेलको स्वाद नै नरहने भन्दै उक्त विषयलाई फिफाले अस्वीकार गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ४७ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित