रोनाल्डो दुई हप्ता क्वारेन्टाइनमा « Khabarhub

रोनाल्डो दुई हप्ता क्वारेन्टाइनमा


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो दुई हप्ताको लागि क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै पोर्चुगलबाट हालै इटाली फर्किएका उनी दुई हप्ताको लागि क्वारेन्टाइनमा बसेका हुन् ।

युभेन्टसमा आवद्ध उनी क्लबले प्रशिक्षणका लागि बोलाएसँगै इटाली पुगेका हुन् । कोरोना भाइरसको संक्रमणले इटाली प्रभावित बनेपछि रोनाल्डो करिब दुई हप्ता आफ्नो मूलथलो मदीरामा बिताएका थिए ।

देश लकडाउनमा परेपछि उनी पोर्चुगल फर्किएका थिए । रोनाल्डोसँगै अन्य विदेशी खेलाडीहरु अब दुई साता क्वारेन्टाइनमा बस्नेछन् ।

उनीहरुमा कोरोना नेगेटिभ देखिएपछि मात्रै उनले टिमसँगै प्रशिक्षण गर्ने अवसर पाउनेछ । सम्भवतः उनीहरु १८ मे बाट टोलीको प्रशिक्षणमा सामेल हुनेछ ।

युभेन्टसले गत सोमबारदेखि नै प्रशिक्षण थालिसकेको छ । इटली सरकारले सिरी ‘ए’ क्लबहरुलाई प्रशिक्षणको अनुमति दिएसँगै युभेन्टसले आफ्ना विदेशी खेलाडीहरुलाई प्रशिक्षणमा फर्कन निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : १२ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।