सेनाले ल्याउने स्वास्थ्य सामग्री आइपुग्न एक साता लाग्ने « Khabarhub

सेनाले ल्याउने स्वास्थ्य सामग्री आइपुग्न एक साता लाग्ने


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले स्वास्थ्य सामग्री ल्याउन अझै एक साता लाग्ने जनाएको छ ।

गत चैत्र २० गतेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सामग्री खरिदको जिम्मा दिएपछि विभिन्न ५ मुलुकलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनका लागि पत्राचार गरिएकोमा भारत र चीनले मात्रै जवाफ दिएपछि आवश्यक प्रकिया पूरा गरेर स्वास्थ्य सामग्री ल्याउन लागिएको नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार आवश्यक भुक्तानी प्रकिया पूरा गरेर भारतबाट ५३ प्रकारका तथा चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री तथा ‍औषधि ल्याउन लागिएको छ ।

पीपीई, मास्कसहितका स्वास्थ्य सामग्री तथा औषधि ल्याउन लागेको सेनाले भारतीय कम्पनी बीपीटीआइसँग खरिद प्रकिया टुंग्याएको छ ।

बीपीटीलाई अन्तरदेशीय निर्यातको अधिकार नभएपछि ती सामग्री दिल्लीस्थित नेपाली दूतावासमा जम्मा गरिदैछ । त्यसका लागि  करोड ५० लाख भारतीय रुपैयाँ भूक्तानी गरिसकिएको प्रवक्ता शर्माले जानकारी दिए ।

चीनबाट स्वास्थ्य सामग्री आयातको प्रकिया अघि बढिसकेको छ । प्रवक्ता शर्माका अनुसार अवको एक सातामा चीनबाट स्वास्थ्य सामग्री आइसक्नेछन् ।

मे १ देखि ५ तारिखसम्म चीनमा सार्वजनिक विदा भएकाले गोन्जाओबाट ल्याउन लागिएका ३७ टन स्वास्थ्य सामग्री ल्याउन ढिलाई भएको छ ।

स्वास्थ्य सामग्री खरिद गरेर ल्याउन लागिएको कम्पनीले विश्वका अरु ८० मुलुकलाई पनि उक्त सामग्रीहरु निर्यात गरिरहेकाले पालो आउन केही ढिलाई हुनेछ ।

पालो आएलगत्तै भन्सार लगायतका प्रकिया सकेर ती स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ । त्यसका लागि नेपाल एयरलाइन्सका २ वटा जहाज तयारी अवस्थामा राखिएको छ ।

सेनाले ल्याउन लागेका २ लाख पीपीईमध्ये ३० हजार विमानमा र बाँकी गाडीमा ल्याउने तयारी छ। विमानबाट २ उडानमा ३७ टन र बाँकी ३ सय ५ टन गाडीबाटै ल्याउने तयारी छ।

गाडीबाट ल्याइँने स्वास्थ्य सामग्री लिएर आउने गाडी सिगात्से हुँदै तातोपानीसम्म आउँनेछन् । केही गाडी तातोपानीका लागि हिडेको जानकारी आएको उनले बताए ।

उक्त सामग्रीका लागि सेनाले चिनियाँ कम्पनी साइनोलाई १ करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलर भुक्तानी गरिसकेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : १२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको