सेनाले ल्याउने स्वास्थ्य सामग्री आइपुग्न एक साता लाग्ने | Khabarhub Khabarhub

सेनाले ल्याउने स्वास्थ्य सामग्री आइपुग्न एक साता लाग्ने


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले स्वास्थ्य सामग्री ल्याउन अझै एक साता लाग्ने जनाएको छ ।

गत चैत्र २० गतेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सामग्री खरिदको जिम्मा दिएपछि विभिन्न ५ मुलुकलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनका लागि पत्राचार गरिएकोमा भारत र चीनले मात्रै जवाफ दिएपछि आवश्यक प्रकिया पूरा गरेर स्वास्थ्य सामग्री ल्याउन लागिएको नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार आवश्यक भुक्तानी प्रकिया पूरा गरेर भारतबाट ५३ प्रकारका तथा चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री तथा ‍औषधि ल्याउन लागिएको छ ।

पीपीई, मास्कसहितका स्वास्थ्य सामग्री तथा औषधि ल्याउन लागेको सेनाले भारतीय कम्पनी बीपीटीआइसँग खरिद प्रकिया टुंग्याएको छ ।

बीपीटीलाई अन्तरदेशीय निर्यातको अधिकार नभएपछि ती सामग्री दिल्लीस्थित नेपाली दूतावासमा जम्मा गरिदैछ । त्यसका लागि  करोड ५० लाख भारतीय रुपैयाँ भूक्तानी गरिसकिएको प्रवक्ता शर्माले जानकारी दिए ।

चीनबाट स्वास्थ्य सामग्री आयातको प्रकिया अघि बढिसकेको छ । प्रवक्ता शर्माका अनुसार अवको एक सातामा चीनबाट स्वास्थ्य सामग्री आइसक्नेछन् ।

मे १ देखि ५ तारिखसम्म चीनमा सार्वजनिक विदा भएकाले गोन्जाओबाट ल्याउन लागिएका ३७ टन स्वास्थ्य सामग्री ल्याउन ढिलाई भएको छ ।

स्वास्थ्य सामग्री खरिद गरेर ल्याउन लागिएको कम्पनीले विश्वका अरु ८० मुलुकलाई पनि उक्त सामग्रीहरु निर्यात गरिरहेकाले पालो आउन केही ढिलाई हुनेछ ।

पालो आएलगत्तै भन्सार लगायतका प्रकिया सकेर ती स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ । त्यसका लागि नेपाल एयरलाइन्सका २ वटा जहाज तयारी अवस्थामा राखिएको छ ।

सेनाले ल्याउन लागेका २ लाख पीपीईमध्ये ३० हजार विमानमा र बाँकी गाडीमा ल्याउने तयारी छ। विमानबाट २ उडानमा ३७ टन र बाँकी ३ सय ५ टन गाडीबाटै ल्याउने तयारी छ।

गाडीबाट ल्याइँने स्वास्थ्य सामग्री लिएर आउने गाडी सिगात्से हुँदै तातोपानीसम्म आउँनेछन् । केही गाडी तातोपानीका लागि हिडेको जानकारी आएको उनले बताए ।

उक्त सामग्रीका लागि सेनाले चिनियाँ कम्पनी साइनोलाई १ करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलर भुक्तानी गरिसकेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : १२ बजे

प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (तस्बिरहरू)

काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दान बहादुर कार्कीलाई दर्ज्यानी चिन्हबाट

साकेलामा बाँसकलासम्बन्धी उद्योग स्थापना

खोटाङ– गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) अन्तर्गत साकेला गाउँपालिकामा

जडीबुटी खेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण

कैलाली– वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटी खेती विस्तारका लागि

गृहमन्त्री अर्याल एमाले जस्तो देखिँदै छन् : सुदन गुरुङ

काठमाडौं– जेनजी अभियन्ता सुदन गुरुङले जेनजीको माग पूरा गर्ने जिम्मा

एनपीएलको प्रत्यक्ष प्रसारण अब नेपाली च्यानलमार्फत् हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अब नेपाली च्यानलबाट पनि