जङ्गली हात्ती गाउँ छिरेर चार घरमा तोडफोड | Khabarhub Khabarhub

जङ्गली हात्ती गाउँ छिरेर चार घरमा तोडफोड


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ ।

तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम र लक्ष्मीदेवी रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा अवस्थित रामटोलमा हात्तीको समूहले घर तोडाफोड गरी धान, गहुँ, चामल, दाललगायतका खाद्यान्न खाएर रु पाँच लाख बराबरको क्षति गरेको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले जानकारी दिए ।

लकडाउनले बेरोजगार भइ आयस्रोत बन्द भएका बेला हात्ती आतङ्कले जीवनयापन थप कष्टकर बनाएको पीडित श्यामकुमार रामले बताए ।

रामले खानाका साथै घर तोडफोडपछि आवासको पनि चिन्ता थपिएको बताए। हात्ती आतङ्क रोकथाम र नियन्त्रणतर्फ सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : ०८ बजे

प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (तस्बिरहरू)

काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दान बहादुर कार्कीलाई दर्ज्यानी चिन्हबाट

साकेलामा बाँसकलासम्बन्धी उद्योग स्थापना

खोटाङ– गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) अन्तर्गत साकेला गाउँपालिकामा

जडीबुटी खेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण

कैलाली– वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटी खेती विस्तारका लागि

गृहमन्त्री अर्याल एमाले जस्तो देखिँदै छन् : सुदन गुरुङ

काठमाडौं– जेनजी अभियन्ता सुदन गुरुङले जेनजीको माग पूरा गर्ने जिम्मा

एनपीएलको प्रत्यक्ष प्रसारण अब नेपाली च्यानलमार्फत् हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अब नेपाली च्यानलबाट पनि