रियल मड्रिडका खेलाडीको फिटनेस भिडियो कलमार्फत जाँच हुँदै « Khabarhub

रियल मड्रिडका खेलाडीको फिटनेस भिडियो कलमार्फत जाँच हुँदै


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस महारथि रियल मड्रिडका फिटनेस प्रशिक्षक ग्रेगोरी डुपोन्टलेले खेलाडीको फिटनेस जाँच शुरु गरेका छन् ।

मे ११ देखि अभ्यासमा फर्किने तयारीमा रहेको रियलका खेलाडीको फिटनेस प्रशिक्षक डुपोन्टले भिडियो कलमार्फत जाँच गरिरहेका छन् ।

रियलको टिमलाई तीन समुहमा बाँडेर दिनको दुई सिफ्टमा खेलाडीहरुसँग उनले फिटनेस छलफल गरिरहेका छन् ।

अभ्यासमा फर्किनु अगाडि कोरोना भाइरस जाँच गर्नु पर्ने हुन्छ जुन आजदेखि रियलका खेलाडीको कोरोना परीक्षण हुनेछ ।

दुई महिना कोरोना भाइरसकै कारण ला लिगा बन्द भएपछि खेलाडी होम क्वारेन्टाइनमा रहेका थिए ।

खेलाडीहरुले प्रशिक्षकको निर्देशन पालना गरेका कारण खासै समस्या नभएको उनले बताएका छन् ।

एडर मिलिटावले आफुले फिजिकल गरिरहेका भिडियो सामाजिक सञ्जालमा राखेका छन् । जसमा उनलाई फिटनेस प्रशिक्षकले निर्देशन दिइरहेको मार्काले लेखेको छ ।

कोरोनाका कारणबीचमै रोकिएको ला लिगामा रियल दोस्रो स्थानमा छ । शीर्ष स्थानमा बार्सिलोना छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : २३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी