बर्दियामा सीमानाका कडाइ | Khabarhub Khabarhub

बर्दियामा सीमानाका कडाइ


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बाँके र कैलालीमा कोरोना संक्रमित पुष्टि भएसँगै बर्दिया जिल्लामा सजगता अपनाउन थालिएको छ ।

सीमा जोडिएका ती जिल्लामा संक्रमित पुष्टि भएपछि बर्दियामा सजगता अपनाउन कडाइ थालिएको हो । जिल्ला जिल्ला प्रशासन कार्यालय बर्दियाले सजगता अपनाउँदै सीमानाकामा आउजाउ कडाइ गरेको छ ।

जिल्लामा संक्रमण हुन नदिन बाँकेबाट हुँदै आएका सबै किसिमका सवारी साधनका जाँचमा कडाइ गर्दै हरियो तरकारी, फलफूल, कोइला, तोरी र जंकफुड भित्र्याउने ढुवानीका साधनलाई तत्काललाई रोक लगाइएको प्रशासनले जनाएको छ ।

जिप्रकाका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले बाँके जिल्लाबाट हुने आवागमन तथा ढुवानीमा भइरहेको जाँचलाई थप कडाइ गरी बाँकेतर्फबाट आउने ती वस्तु ढुवानी गर्न तत्काललाई रोक लगाएको हो ।

त्यस्तै लकडाउन अवधिभर खाद्यान्न ढुवानी र खाली सवारी साधन, निर्माण र अन्य उपभोग्य सामग्री, कुखुरा, अण्डा, दाना तथा कृषिमललगायत चार पांग्रे सवारी साधनबाट हुने ढुवानी बेलुकी ७ बजेपछि मात्र गर्न पाइने जनाइएको छ ।

बाँके नेपालगञ्ज नाका जोड्ने नगरपालिका, गाउँपालिका र छिमेकी जिल्लामा कोरोना संक्रमित बढेसँगै बर्दियामा उच्च सतर्कता अपनाइएको बढैयाताल गाउँपालिकाका अध्यक्ष लालवहादुर श्रेष्ठले बताए ।

त्यसैगरी बाँसगढी नगरपालिकामा पूर्वपश्चिम राजमार्गमा पर्ने बाँके जोड्ने सीमानाकामा मानखोलाको पुलमा जाँच कडाइ गरिएको बाँसगढी नगरपालिका प्रमुख शालिकराम अधिकारीले बताए ।

त्यसै गरी कैलाली जिल्ला जोड्ने सीमानाका, राजापुर नगरपालिकाका सम्पूर्ण नाका सत्तिघाट कर्णालीको पुलबाट आउजाउ कडाइका साथ बन्द गरिएको राजापुर नगर प्रमुख शिव थारुले जानकारी दिए ।

ठाकुरबाबा नगरपालिकाले पनि कैलाली जिल्ला जोड्ने बर्दियाको कर्णाली चिसापानी पुल र नगरका सम्पूर्ण नाका कडाइका साथ बन्द गरिएको नगर प्रमुख घननारायण श्रेष्ठले जानकारी दिए ।

मधुवन नगरपालिकाले कोठीयाघाट पुलमा बार लगाएर आवतजावत बन्द गरेको छ भने डल्ला गाउँ प्रवेश गर्ने सडकमा बार लगाएर आवतजावत ठप्प पारिएको छ ।

त्यस्तै बारबर्दिया नगरपालिकाले बारबर्दिया र मधुवन नगरपालिका जोड्ने कुसुम्माघाटको झोलुंगे पुलमा ताला लगाएर आवागमन बन्द गरेको छ । बाँकेबाट हुने आवागमन र ढुवानीमा रोक र सीमानाकामा जाँचमा थप कडाइ गरिएको बर्दियाका प्रजिअ प्रेमनाथ लामिछानेले बताए ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले कोही व्यक्ति भारत वा तेस्रो मुलुक वा संक्रमण देखिएको जिल्लाबाट लुकिछिपी आएमा त्यसको सूचना नजीकको सुरक्षा वा स्थानीय निकायमा जानकारी दिन सबैसँग आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि नै कैलाली र भारततर्फका नाकामा कडाइ गरिसकेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : ०५ बजे

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ

हेटौँडा– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङको अभिनय

काठमाडौं– निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल

धार्मिक आस्थाको केन्द्र ‘हडियाबाबा आश्रम’

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

कञ्चनपुर– भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–