अलपत्र परेको भन्दै नेपाली श्रमिकद्वारा यूएईस्थित दूतावासमा धर्ना « Khabarhub

अलपत्र परेको भन्दै नेपाली श्रमिकद्वारा यूएईस्थित दूतावासमा धर्ना


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासमा नेपाली श्रमिकहरुले धर्ना दिएका छन् ।

दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले आफूहरु काम नपाएर अलपत्र परेको भन्दै मंगलबार दूतावासमा धर्ना दिएका हुन् । उनीहरुले आफूलाई स्वदेश फर्काउन समेत माग गरेका छन् ।

यूएईको सारजहामा कम्पनीको बेवास्ताले अलपत्र परेका ३० नेपालीमध्ये १७ जना श्रमिक लगेज बाकेरै दूतावासमा पुगेका थिए । यसअघि उनीहरूलाई यूएईकै प्रवासी नेपालीहरूले कोठा खोजेर राखेका थिए । कोठा भाडाको समय अवधि सकिएपछि फेरि अलपत्र हुने अवस्था आएको भन्दै उनीहरु दूतावासको शरणमा पुगेका हुन् ।

यता दूतावासरले एनआरएनएको सहयोगमा सारजाहमा बस्ने व्यवस्ता मिलाएको बताएको छ ।  दूतावासले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई सारजाहसम्म लैजाने प्रवन्ध पनि मिलाइएको जानकारी दिएको छ ।

उनीहरुलाई लकडाउन खुलेलगत्तै नेपाल फर्किने प्रवन्ध मिलइने समेत दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : ३३ बजे

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

रसुवा – एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल