काठमाडौं – रुसमा तीन दिनमा ३१ हजारभन्दा बढी कोरोना भाइरसले संक्रमित भएका छन् ।
तीन दिनयता लगातार दैनिक १० हजार भन्दा बढीमा संक्रमण देखिएको रुसमा आइतबारयता मात्रै ३१ हजारभन्दा बढीको मृत्यु भएको हो । त्यहाँ मंगलबार पनि १० हजार १०२ जना नयाँ संक्रमित थपिएका छन् ।
यसअघि आइतबार एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसका संक्रमित देखिएको थियो भने सोमबार १० हजार ५८१ जना संक्रमित भएका थिए ।
यो समाचार तयार पार्दासम्म रुसमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार ३७० पुगेको छ भने मृत्यु हुनेको कुल संख्या १ हजार ४५१ पुगेको छ ।
सङ्क्रमितमध्ये १९ हजार ८६५ जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख ३४ हजार ५४ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।
प्रतिक्रिया