कोरोना संक्रमणविरुद्धको भ्याक्सिन तयार पारेको इजरायलको दाबी « Khabarhub

कोरोना संक्रमणविरुद्धको भ्याक्सिन तयार पारेको इजरायलको दाबी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस स‌क्रमणविरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेको छ ।

इजरायलका रक्षामन्त्री नेफ्टली बेनेटले कारोनाभाइरसको भ्याक्सिन तयार गरेको दावी गरेका हुन् ।

उनका अनुसार इजरायल इन्टिच्यूट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) ले भ्याक्सिन तयार गर्नमा सफलता हासिल गरेको छ । यो महामारीसँग लड्न मिललाई पत्थर सावित हुनेछ । बेनेट सोमबार इन्टिच्यूट पूगेका थिए ।

रक्षामन्त्री बेनेटले भने- आईआईबीआरका शोधकर्ताले कोरोनाको एन्टिबडी विकसित गरेका हुन् । यो एन्टिबडी मोनोक्लोनल तरिकाबाट भाइरसमाथि हमला गर्दछ र त्यसलाई शरीरभित्रै मार्नमा सक्षम छ । भ्याक्सिन विकासको चरण अब पूरा भएको छ ।

बेनेटले भने, ‘एन्टिबडी फर्मूलाको पेटेन्ट गरिँदैछ । यसपछि अन्तर्राष्ट्रिय कम्पनीसँग व्यवसायिक स्तरमा यसको उत्पादनको लागि सम्पर्क गरिनेछ । हामीलाई यो सफलताको लागि इन्टिच्यूटका कर्मचारीप्रति गर्व छ ।’

तर उनले यो भ्याक्सिनको परीक्षण मानवमा भयो कि भएन भनेर स्पष्ट पारेका छैनन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : ५१ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय