अमेरिकामा कोरोना भाइरसले दैनिक मृत्यु हुनेको संख्या एक सातापछि पुनः बढ्यो « Khabarhub

अमेरिकामा कोरोना भाइरसले दैनिक मृत्यु हुनेको संख्या एक सातापछि पुनः बढ्यो


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा एक सातायता कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दो क्रममा रहेकोमा मंगलबार पुनः बढेको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या क्रमिकरुपमा घट्दै गइरहेकोकोमा मंगलबार पुनः एकै दिन २ हजार ३०१ जनाको मृत्यु भएको छ ।

दैनिक औषतमा २ हजार जनासम्मको कोरोना भाइरसको संक्रमणले मृत्यु भइरहेकोमा अघिल्लो मंगलबारदेखि सोमबारसम्म घट्दो क्रममा देखिएको थियो ।

अमेरिकामा अघिल्लो मंगलबार (अप्रिल २८ मा) २ हजार ४७०, बुधबार (अप्रिल २९ मा) २ हजार ३९०, बिहिबार (अप्रिल ३० मा)  २ हजार २०१, शुक्रबार (मे १ मा) १ हजार ८९७ जनाको मृत्यु भएको थियो ।

यस्तै गत शनिबार ( मे २ मा) १ हजार ६९१, आइतबार (मे ३ मा)  १ हजार १५४ र सोमबार (मे ४) १ हजार ३६४ जनाको मृत्यु भएको थियो ।

तर मंगलबार पुनः मृतकको संख्या २ हजारभन्दा बढी देखिएपछि त्यहाँ कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तत्कालै घट्ने संकेतहरु देखिएका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै एक लाख जनाको मृत्यु हुन सक्ने आकलन गरिसकेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १० : ३७ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका