कोरोनाविरुद्धको लडाइँ जितेर कोशी अस्पतालबाट ६ जना डिस्चार्ज « Khabarhub

कोरोनाविरुद्धको लडाइँ जितेर कोशी अस्पतालबाट ६ जना डिस्चार्ज


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो पटक गरिएको तीन वटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई विदाइ गरे ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज भएका सबैलाई विराटनगरस्थित मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिने छ । १० वटा वेडरुम र १० वटा शौचालय भएको सो मस्जिदमा उनीहरुलाई राखिने भएको हो ।

विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ जना डिस्चार्जभएसँगै अब २५ जना मात्र बाँकी छन् ।

आज ६ जना डिस्चार्ज भएसँगै कोरोना विरुद्धको लडाइँ जितेर घर फर्किनेको संख्या २२ पुगेको छ । यस अघि १६ जना डिस्चार्ज भएका थिए । हालसम्म नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १० : ४६ बजे

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको