कोरोनाविरुद्धको लडाइँ जितेर कोशी अस्पतालबाट ६ जना डिस्चार्ज « Khabarhub

कोरोनाविरुद्धको लडाइँ जितेर कोशी अस्पतालबाट ६ जना डिस्चार्ज


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो पटक गरिएको तीन वटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई विदाइ गरे ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज भएका सबैलाई विराटनगरस्थित मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिने छ । १० वटा वेडरुम र १० वटा शौचालय भएको सो मस्जिदमा उनीहरुलाई राखिने भएको हो ।

विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ जना डिस्चार्जभएसँगै अब २५ जना मात्र बाँकी छन् ।

आज ६ जना डिस्चार्ज भएसँगै कोरोना विरुद्धको लडाइँ जितेर घर फर्किनेको संख्या २२ पुगेको छ । यस अघि १६ जना डिस्चार्ज भएका थिए । हालसम्म नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १० : ४६ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय