सामाजिक दुरीसहित साकेला र देवाली मनाइँदै « Khabarhub

सामाजिक दुरीसहित साकेला र देवाली मनाइँदै


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- किराँत राई समुदायको साकेला उभौली, हिन्दूधर्मावलम्बीको देवालीलगायत विभिन्न जातजातिको चाडवाडमा यसपटक विगतको जस्तो भीडभाड हुने छैन ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्लामा साकेला, देवालीलगायतका चाडवाड कम उपस्थितिमा मनाउन आग्रह गरेको छ । नजिकिँदै गरेको अवस्थामा मङ्गलबार बसेको समितिको बैठकले कम उपस्थितिमा धार्मिक, सामाजिक, सांस्कृतिक चाडवाड मनाउन आग्रह गर्ने निर्णय गरेको हो ।

बढी भीडभाड हुँदा एकबाट अर्को व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण फैलिने खतरा देखिएकाले साकेला, देवालीलगायतका चाडवाडलाई विधिकारूपमा मात्र मनाउन आग्रह गर्ने निर्णय गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए ।

‘चाडवाड मनाउनेक्रममा नेपाल सरकारले तोकेको अधिकतम २५ जनाभन्दा बढीको उपस्थिति नगर्न/नगराउन आग्रह गरिएको छ’, उनले भने, ‘बैठकमा सहभागी विभिन्न जातीय सङ्गठनका प्रतिनिधिले पनि बढीमा २५ जनाको उपस्थितिमा आफ्नो चाडवाड मनाउने निर्णयमा सहमति जनाएका छन् ।’

धार्मिक, सामाजिक तथा सांस्कृतिक चाडवाड मनाउने क्रममा दुई व्यक्तिबीचमा अनिवार्य न्यूनतम एक मिटरको सामाजिक दूरी कायम गर्नसमेत आग्रह गरिएको जनाइएको छ । सरकारले लागू गरेको लकडाउनका कारण कतिपय हिन्दूधर्मावलम्बी समुदायले आफ्नो देवालीलाई महिना दिनपछि सारेको बताएका छन् ।

यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित लाफेहँछा सेवा समाजले बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला मनाउने निर्णय गरेको थियो ।

हरेक वर्षको पूर्णिमाको दोस्रो दिन लफ्याङमा सयौँको उपस्थितिमा साकेला मनाउने गरिएकामा यसपल्ट लकडाउनलाई मध्यनजर गर्दै बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला पुज्ने निर्णय गरिएको समाजका सदस्य राजेन्द्र राईले बताए ।

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको बसोबास रहेको खोटाङ जिल्लामा अहिले आ–आफ्नो जातविशेषको पितृकार्य शुरु भएको छ । किराँत समुदायको बाहुल्यता रहेको खोटाङमा साकेला उभौली महिना दिनसम्म मनाउने चलन छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ११ : १४ बजे

अर्थसंक्षेप : चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, नेप्से परिसूचक ४८ अंकले बढ्यो र छापिँदैछन् दैनिक ४० हजार लाइसेन्स

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै राष्ट्रिय तथ्याङ्क कार्यालयले

बुढीगण्डकी आयोजनाबारे सभामुख अर्यालको चासो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो

बागमती प्रदेशसभा बैठक : विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले

कोशीमा आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सुरु   

काठमाडौं– कोशी प्रदेशमा आर्थिक वर्ष ०८२/८३ अन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको

दुईदिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)