बुढीगण्डकी आयोजनाबारे सभामुख अर्यालको चासो « Khabarhub

बुढीगण्डकी आयोजनाबारे सभामुख अर्यालको चासो


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो देखाका छन् । 

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सो आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग आज आफ्नै कार्यकक्षमा छलफल गर्दै उनले आयोजनाको निर्माणकार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताए।

सभामुख अर्यालले भने, ‘यो राष्ट्रिय गौरवको परियोजना हो । यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित छैन, पर्यटन, कृषि उत्पादनको बजारीकरण र रोजगारी प्रवर्द्धनसँगै पनि प्रत्यक्ष जोडिएको समग्र राष्ट्रिय महत्वको विषय हो । त्यसैले जति ढिलाइ हुनु थियो, भयो, अब यसको निर्माण कार्यलाई गति दिन थप ढिलाइ गर्नु हुँदैन ।’

सभामुख अर्यालले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आयोजना प्रमुखको ध्यानाकर्षण गराए। “स्पष्ट कार्यतालिका बनाउने, कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने निर्धारण गरेर अघि बढ्नुस्,” उनले भने।

छलफलमा ऊर्जामन्त्री श्रेष्ठले आयोजना निर्माणलाई तीव्रता दिन सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘सरकारी समस्या कहाँ छ भन्ने स्पष्ट पार्नुहोस्, हामी आवश्यक समन्वय गर्नेछौँ,’ आयोजना प्रमुखसँग उनले भने।

त्यस्तै मन्त्रालयका सहसचिव रुद्रसिङ तमाङले आयोजना अघि बढाउन मन्त्रालयबाट सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए। सांसद बोधनारायण श्रेष्ठले ठूला आयोजना निर्माणलाई विशेष प्राथमिकता दिनुले देशको समृद्धिका विषयमा सरकार कति गम्भीर छ भन्ने स्पष्ट भएको धारणा राखे ।

बुढीगण्डकी जलविद्युत् आयोजना एक हजार २०० मेगावाट क्षमताको जलायशयुक्त आयोजना हो । राष्ट्रिय गौरवको यो आयोजना गोरखा र धादिङको सिमानामा पर्छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ६ : ४५ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका