पार्टी विधान बमोजिम सहमतिमा अघि बढ्नुपर्ने नेकपा नेता साहको भनाई « Khabarhub

पार्टी विधान बमोजिम सहमतिमा अघि बढ्नुपर्ने नेकपा नेता साहको भनाई


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता प्रभु साहले पार्टीलाई अन्तरिम विधान बमोजिम दुई पक्षको सहमतिमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी) मिलेर बनेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पनि फरक-फरक विचार र विरासत बोकेको दुई पार्टीबीच भएको एकता एकीकृत विचार, संगठन र नेतृत्व निर्माण संक्रमणकालीन अवस्थामा रहेकाले विधान र सहमति दुबै पछ्याउन जरुरी रहेको उनको भनाई छ ।

संक्रमणकालीन अवस्था आफैँमा संवेदनशील एवं विशिष्ट भएकाले संगठन सञ्चालन सामान्य र परम्परागत विधिबाट सम्भव नहुँने उनको जिकिर छ ।

अल्पमत र बहुमतसहितको परम्परागत विधिको माग गर्ने यथास्थितिवादी पक्षधर र नेतृत्व, विचार र संगठनमा अलग-अलग अस्तित्व कायम रहेकाले त्यसको व्यवस्थापन महाधिवेशनबाट नभइन्जेल सहमतिमा चल्नुपर्छ भन्ने पक्षधरबीच विवाद भएको बताउँदै उनले तत्कालका लागि विधान र सहमति दुबैलाई अंगिकार गरेर अघि बढ्नु पर्ने बताएका हुन् ।

पार्टीभित्रकै केहि पुरातन यथास्थितिवादी नेताहरुले मूल नेतृत्वलाई प्रभावमा पारी आन्तरिक विवाद निवारणका लागि गलत ढंगले पार्टीको विभिन्न कमिटीलगायत संसदीय दलमासमेत अल्पमत र बहुमतको परम्परागत अंकगणितीय विधिबाट निर्णय लिन खोजेको उनको आरोप छ ।

यावत गतिविधी आम जनभावना तथा पार्टी एकताको मर्म र भावना विपरीत भएको बताउँदै साहले अबको स्थायी समिति बैठकमा यस विषयमा विशेष ध्यान दिन नेताहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ११ : २४ बजे

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको