मन्त्रिपरिषद बैठक जारी, लकडाउन लम्ब्याउने तयारी « Khabarhub

मन्त्रिपरिषद बैठक जारी, लकडाउन लम्ब्याउने तयारी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सरकारलाई सुझाव दिएपछि आवश्यक निर्णय गर्न अहिले मन्त्रिपरिषदको बैठक बसिरहेको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बसेको समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सुझाव दिएपछि विहान ११ बजेदेखि बालुवाटरमा मन्त्रिपरिषद बैठक बसिरहेको हो ।

बैठकमा काठमाडौं उपत्यकाका सबै ६ वटा नाका शिल गरेर आन्तरिक आवागमनचाँही खुलाउने कि भन्नेबारे समेत छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बसेको बैठकले कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले अहिले लिएको लकडाउनको मोडालिटी सही भएको भन्दै लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।

समितिको बैठकमा लकडाउन कति समय थप्ने भन्नेबारे भने मन्त्रिपरिषदले नै निर्णय लिने सहमति भएको थियो ।

सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउन जारी छ । पछिल्लो पटक बैशाख १५ गते थपिएको लकडाउनको समयावधि भोलि मध्यरातिदेखि सकिँदैछ ।

नेपालमा कोरोना भाइरसका दोस्रो संक्रमित देखिएपछि लकडाउन गरिएकोमा हाल संक्रमितको संख्या ८२ पुगेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ११ : ४४ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु