अनलाईनमार्फत खाद्यान्न बिक्री गर्दै सरकारी स्वामित्वको कम्पनी « Khabarhub

अनलाईनमार्फत खाद्यान्न बिक्री गर्दै सरकारी स्वामित्वको कम्पनी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंमा अनलाइनमार्फत सेवा प्रदान गरेको छ । लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले गत चैत २६ देखि यही वैशाख २२ गतेसम्म अनलाइनमार्फत उपभोक्तालाई होम हेलिभरीमार्फत सेवा प्रदान गरेको हो ।

कम्पनीले दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थको अनलाइन बिक्रीवितरण गर्दै आएको छ । सोअनुसार १०६ क्विन्टल चामल, ७५५ किलो कर्णालीको सिमी र ३३ किलो दाल बिक्री गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार हाल रञ्जित स्टिम, सोना र जापानी चामल, कर्णाली सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्रीवितरण गरिएको छ । अब छिट्टै दुग्ध विकास संस्थानबाट उत्पादित घिउलगायत खाद्य सामग्री पनि बिक्री सूचीमा राखिने उनले जानकारी दिए ।

लकडाउन अवधिमा काठमाडौँ उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट चार हजार ९२० क्विन्टल चामल, दुई हजार ९५३ किलो सिमी, २३८ किलो फापर र ९६ किलो दाल बिक्री भएको छ ।

सामाजिक तथा व्यापारिक दुवै उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीले आगामी दिनमा आवश्यकतानुसार किसानका उत्पादन खरीद तथा भण्डारण गर्ने तथा दुर्गम जिल्ला र बजारको सम्भावनालाई समेत अध्ययन गरी विभिन्न उपभोग्य सामग्रीका साथै अन्य व्यापारिक वस्तु खरिदबिक्री गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १२ : २५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर