मध्यपूर्वका नेपालीलाई तत्काल उद्धार गर्न एनआरएनएको आग्रह « Khabarhub

मध्यपूर्वका नेपालीलाई तत्काल उद्धार गर्न एनआरएनएको आग्रह


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको महामारीले मध्यपूर्वका देशमा समस्यामा रहेका नेपालीलाई तत्काल उद्धार गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले गरेको छ ।

समय गुज्रिदै जाँदा समस्या झन्–झन् बढ्दै जानेतर्फ इङ्गित गर्दै सङ्घको मध्यपूर्व क्षेत्रले प्राथमिकताका आधारमा उद्धार गर्न बढाउन आग्रह गरेको हो ।

लेबनान, इजराइल, साइप्रसलगात देशहरुमा नेपालीको संख्या उल्लेख छन् ।

सङ्घको मध्यपूर्व क्षेत्रले नेपाल सरकार परराष्ट्र मन्त्रालयको प्रत्यक्ष संलग्नतामा मध्यपूर्वमा रहेका नेपाली दूतावाससहित विभिन्न सामाजिक सङ्घसंस्थाको सहभागितामा विशेष समिति बनाएर काम गर्नसमेत अनुरोध गरेको छ ।

सङ्घले कामबाट निकालिएका कामदारलाई तत्काल सेल्टरको व्यवस्था गर्न, रोजगारी गुमाएकालाई पुनः त्यही देशमा काम गर्न पाउने गरी व्यवस्था मिलाउन, स्वदेश फर्कन चाहनेलाई स्वदेश फर्काउन आग्रह गरेको हो ।

संघले क्वारेन्टाइनको अभाव भए ७७ वटै जिल्लाका होटल, विद्यालय र सार्वजनिक भवनलाई प्रयोगमा ल्याउन र आफैँ खर्च गरेर बस्न चाहनेलाई विशेष छुटका साथ क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउन ओमनमा बस्दै आएका सङ्घका प्रवक्ता डिबी क्षेत्रीले बताए ।

एकैपटक लैजान सम्भव नहुने भएकाले दैनिक पाँच हजार जनालाई मात्रै स्वदेश लैजाँदा १४ दिनमा ७० हजार नेपालीको उद्धार हुने र उनीहरु क्रमशः क्वारेन्टाइनबाट निस्कने हुँदा व्यवस्थापनमा समेत सहज हुने सङ्घको सुझाव छ ।

स्वदेश फर्किएर क्वारेन्टाइनमा रहेकै समयमा उनीहको लगत राख्ने र दक्षतासमेत मापन गर्ने गरी सरकारले तयारी गर्नुपर्ने भन्दै यसो गर्न सक्दा फर्किएकालाई सरकारले उनीहरुको दक्षताअनुरुपको काममा लगाउन सक्ने समेत १४ बुँदे सुझावमा सुझाइएको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

यसैक्रममा सङ्घको मध्यपूर्व क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष र सत्तारुढ नेकपाका प्रतिनिधिसभा सदस्य विन्दा पाण्डेबीच भर्चुअल संवाद भएको छ ।

सांसद पाण्डेले समितिमा छलफल गरी समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन पहल गर्ने बताएको बैठकमा सहभागी एनआरएनए प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

मध्यपूर्वमा करिब २० लाख नेपाली रहेको एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक प्रवीन गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १२ : ४५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज