साउदीका रोजगारदाताले श्रमिकको ४० प्रतिशत तलव कटौती गर्ने, हजारौं नेपाली मर्कामा « Khabarhub

साउदीका रोजगारदाताले श्रमिकको ४० प्रतिशत तलव कटौती गर्ने, हजारौं नेपाली मर्कामा


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संकटपछि साउदी अरवका रोजगारदाताहरुले श्रमिकको ४० प्रतिशत तलव कटौती गर्ने भएका छन् ।

साउदी अरब सरकारले निजी क्षेत्रका कम्पनीहरुलाई कामदारको तलब ४० प्रतिशतसम्म कटौती गर्न अनुमति दिएसँगै हजारौँ नेपाली मर्कामा पर्ने भएका छन् ।

साउदी अरबको प्रमुख पत्रिका अशराक अल अवसातका अनुसार आर्थिक संकट बढ्दै गए कामदार कटौतीको नीति पनि अवलम्बन गर्न सरकारले अनुमति दिएको छ ।

कोरोना भाइरसको महामारी जारी रहे तलव कटौती गरेको ६ महिनापछि कम्पनीहरुले कर्मचारीको सम्झौता रद्द गर्न पनि स्वीकृती दिइएको छ ।

तलब कटौतीको निर्णय लागू गरिएको ६ महिना पूरा भएको, कामदारले पाउने सबै बिदा सकिसकेको तथा कोरोनाभाइरसको महामारीका कारण आर्थिक संकटको सामना गरिरहेको प्रमाणित भएमा रोजगारदाता कम्पनीले कामदार कटौती गर्न सक्नेछन् ।

साउदी सरकारको उक्त अनुमतीसँगै त्यहाँ कार्यरत करिब ४ लाख नेपालीहरु मर्कामा पर्ने भएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १ : २२ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो