व्यवसायीका समस्या समाधानका लागि सरकारलाई दबाव दिन्छौं– देउवा « Khabarhub

व्यवसायीका समस्या समाधानका लागि सरकारलाई दबाव दिन्छौं– देउवा


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीजि क्षेत्रका व्यवसायीहरुको समस्याका बारेमा संसदमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधबार कांग्रेस केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटका विषयमा नीजि क्षेत्रसँग गरेको अन्तक्रिया कार्यक्रममा सभापति देउवाले कोरोनाको महामारीका कारण उद्योग कलकरखाना बन्द भएको र त्यसले नेपाली अर्थतन्त्रमा समेत नकारात्मक असर परेको भन्दै समस्या समाधानका लागि सरकारलाई दबाव दिने बताए ।

देउवाले भने,‘तपाईंहरुले उठाएका विषयलाई हामीले पार्र्लियामेण्टमा पनि उठाउँछौं । उद्योगी व्यवसायीहरुले व्याजदर पनि घटाउनुपर्ने भन्नुभएको छ । यसमा पनि एउटा बाटो निकाल्नुपर्छ भन्ने हाम्रो धारणा छ ।’

सभापति देउवाले प्रमुख प्रतिपक्षी दलको काम नै सरकारलाई दबाव दिने भएको उल्लेख गर्दै व्यवसायीको समस्या समाधानका लागि सरकारलाई दबाव दिने बताए । उनले भने,‘संसदमा मात्रै उठाउने हैन कि अर्थमन्त्री, प्रधानमन्त्रीलाई समेत भेटेर कोरोनाका कारण नेपालमा आउने समस्या समाधानका लागि सरकारलाई बाध्य बनाउनेछौं ।’

सभापति देउवाले विदेशमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने विषयमा प्रधानमन्त्रीसँग आफुले आग्रह गरेको भन्दै सरकारले उपर्युक्त समयमा स्वदेश ल्याउने प्रतिवद्धता व्यक्त गरेको समेत जनाए ।

कांग्रेसले बनाएको छायाँ सरकारअन्तर्गतको अर्थ मन्त्रालयले बुधबार नीजि क्षेत्रका व्यवसायी, उद्योगी, होटल व्यवसायी र बैकरहरुलाई बोलाएर कोरोनापछिको नेपालको अर्थतन्त्र र आगामी बजेटका सन्दर्भमा छलफल गरेको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १ : ४४ बजे

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ