बिस्फोटक पदार्थ पड्किँदा कञ्चनपुरमा ९ वर्षीय बालक घाइते « Khabarhub

बिस्फोटक पदार्थ पड्किँदा कञ्चनपुरमा ९ वर्षीय बालक घाइते


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नगरपालिकामा बिस्फोटक पदार्थ पड्किँदा १ जना बालक घाइते भएका छन् ।

महाकाली नगरपालिका वडा नम्बर ३ दोधाराका ९ वर्षीय बालक महेन्द्र नेपाली बिस्फोटक पदार्थ पड्किँदा घाइते भएका हुन् ।

छिमेकी गाउँ शान्तिटोलको पटेराघारीमा भेटिएको शंकास्पद बस्तु खेलाउने क्रममा विस्फोट हुँदा ९ वर्षीय नेपाली घाइते भएका महाकाली नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजालीले जानकारी दिए ।

सिजालीका अनुसार नेपालीको दुवै हातमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको सिजालीले बताए ।

बिस्फोटक पदार्थ पड्किएको ठाउँमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलले उक्त बस्तु बम नभइ सानो खालको विस्फोटक बस्तु भएको बताए ।

प्रवक्ता पौडेलले घटनाको अनुसन्धान भइरहेको र उक्त बस्तु राख्ने समूह तथा व्यक्तिको खोजिकार्य भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  २ : ५१ बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण