लकडाउनका बेला कैलालीबाट ठूलो परिणाममा मदिरा बरामद « Khabarhub

लकडाउनका बेला कैलालीबाट ठूलो परिणाममा मदिरा बरामद


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीमा ठूलो परिमाणमा मदिरा बरामद गरिएको छ । लकडाउन अवधिमा कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न वडाबाट मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।

प्रहरीले गस्ती गर्दै जाने क्रममा बेवारिसे अवस्थामा फेला पारेको सिल प्याक एक हजार २६२ बोतल र छ हजार ८०० लिटर घरेलु मदिरा बरामद गरिएको उनले बताए ।

टीकापुर नगरपालिका नगरप्रमुख, इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख, टीकापुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीलगायतको रोहबरमा बुधबार बरामद गरिएको घरेलु मदिरा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

बरामद गरिएको सिल प्याक मदिरा भने नियमानुसार करदाता सेवा कार्यालय लम्की कैलालीमा पठाइएको जनाइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : ०५ बजे

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण बन्द गराउने सरकारको निर्णय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र