प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण बन्द गराउने सरकारको निर्णय « Khabarhub

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण बन्द गराउने सरकारको निर्णय


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आगामी २०८३ साल वैशाख १ गतेदेखि यस्ता कार्यक्रमहरू सञ्चालन गर्न पाइने छैन । उक्त निर्णय मन्त्रीस्तरबाट मिति २०८२ चैत १३ गते नै गरिएको जनाइएको छ।

मन्त्रालयका अनुसार विभिन्न संस्थाहरूले भर्ना लक्षित गरी सञ्चालन गर्दै आएका प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्सले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्नुका साथै शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्‍याउने देखिएको छ। साथै, यसले अभिभावक र विद्यार्थीमाथि अनावश्यक आर्थिक भार पनि थप्ने गरेको निष्कर्ष निकालिएको छ।

यसैकारण यस्ता गतिविधिहरू पूर्ण रूपमा रोक्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। साथै, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई यस्ता कार्यक्रम सञ्चालन भए, नभएको अनुगमन गर्न र सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ८ : ३९ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको