बंगलादेशमा प्रतिबन्धित समूहका लडाकूहरु गिरफ्तार « Khabarhub

बंगलादेशमा प्रतिबन्धित समूहका लडाकूहरु गिरफ्तार


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेश प्रहरीले राजधानी ढाकाबाट प्रतिबन्धित समूहमा आबद्ध १७ जना लडाकूलाई पक्राउ गरेको छ । ढाका महानगरीय प्रहरीका उपआयुक्त मसुदुर रहमानले प्रहरीको प्रतिआतंकवाद इकाईले सोमबार राति ढाकाका विभिन्न स्थानमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

यी लडाकूहरु बंगलादेशमा प्रतिबन्धित जमातुल मुजाहिद्दीन बंगलादेशमा आबद्ध रहेको बताइएको छ । यही समूहले सन् २०१६ को जुलाई १ मा ढाकाको गुल्सन क्षेत्रमा रहेको एक स्पेनी क्याफेमा घातक आक्रमण गरेको थियो ।

प्रहरीले उनीहरुको साथबाट १९ थान मोबाइलका साथै करिब २ हजार ६५९ अमेरिकी डलर बरामद गरेको छ । ढाका आक्रमण पश्चात बंगलादेश सरकारले जमातुल समूह विरुद्ध देशव्यापी छापा मारेर कारबाही गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ३ : ४५ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि