अङ्ग्रेजी भाषाको फिल्ममा भुटानी युवती बन्दै स्वस्तिमा « Khabarhub

अङ्ग्रेजी भाषाको फिल्ममा भुटानी युवती बन्दै स्वस्तिमा


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भुटानी शरणार्थीको कथामा बन्ने एक अङ्ग्रेजी भाषाको फिल्ममा नायिका स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् ।

अमेरिकाका केही स्वतन्त्र फिल्ममेकरले निर्माण गर्न लागेको यो फिल्ममा स्वस्तिमाले शीर्ष भूमिकामा अभिनय गर्ने भएकी छिन् ।

यद्यपि लकडाउनका कारण फिल्मको काम अहिले नै अगाडि नबढ्ने देखिएको छ । स्वस्तिमाले भुटानी युवतीको भूमिकामा अभिनय गर्ने र मेकर पनि सकारात्मक देखिएको बताइन् ।

‘यो अङ्ग्रेजी भाषाको फिल्म भए पनि हलिउड फिल्म होइन, मैले पनि अभिनय गर्ने कुरा भएको हो,’ स्वस्तिमाले खबरहबसँग भनिन्, ‘अहिले भने लकडाउनका कारण फिल्मको काम अगाडि बढ्नेबारे टुङ्ग छैन, कोरोनाको प्रभाव पर्‍यो ।’

फिल्ममा अर्की नायिका केकी अधिकारीले पनि अभिनय गर्ने चर्चा छ । केकी र स्वस्तिमा दिदीबहिनीका रुपमा देखिने बताइएको छ ।

यद्यपि कोरोना भाइरसले संयुक्त राज्य अमेरिकामा झन् बढी प्रभाव पारेकाले फिल्म शूटिङ कहिले हुने भन्ने टुंगो छैन । फिल्ममा केही कलाकार अमेरिकाका रहने जनाइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ३ : ५१ बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८