अङ्ग्रेजी भाषाको फिल्ममा भुटानी युवती बन्दै स्वस्तिमा « Khabarhub

अङ्ग्रेजी भाषाको फिल्ममा भुटानी युवती बन्दै स्वस्तिमा


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भुटानी शरणार्थीको कथामा बन्ने एक अङ्ग्रेजी भाषाको फिल्ममा नायिका स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् ।

अमेरिकाका केही स्वतन्त्र फिल्ममेकरले निर्माण गर्न लागेको यो फिल्ममा स्वस्तिमाले शीर्ष भूमिकामा अभिनय गर्ने भएकी छिन् ।

यद्यपि लकडाउनका कारण फिल्मको काम अहिले नै अगाडि नबढ्ने देखिएको छ । स्वस्तिमाले भुटानी युवतीको भूमिकामा अभिनय गर्ने र मेकर पनि सकारात्मक देखिएको बताइन् ।

‘यो अङ्ग्रेजी भाषाको फिल्म भए पनि हलिउड फिल्म होइन, मैले पनि अभिनय गर्ने कुरा भएको हो,’ स्वस्तिमाले खबरहबसँग भनिन्, ‘अहिले भने लकडाउनका कारण फिल्मको काम अगाडि बढ्नेबारे टुङ्ग छैन, कोरोनाको प्रभाव पर्‍यो ।’

फिल्ममा अर्की नायिका केकी अधिकारीले पनि अभिनय गर्ने चर्चा छ । केकी र स्वस्तिमा दिदीबहिनीका रुपमा देखिने बताइएको छ ।

यद्यपि कोरोना भाइरसले संयुक्त राज्य अमेरिकामा झन् बढी प्रभाव पारेकाले फिल्म शूटिङ कहिले हुने भन्ने टुंगो छैन । फिल्ममा केही कलाकार अमेरिकाका रहने जनाइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ३ : ५१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको