‘कोरोनासँग जुध्दै विकासलाई तिब्रता दिन्छौं, बजेट अभाव हुन्न’ « Khabarhub

‘कोरोनासँग जुध्दै विकासलाई तिब्रता दिन्छौं, बजेट अभाव हुन्न’


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका कारण रोकिएको काठमाडौं उपत्यकाका विभिन्न आयोजनाहरुको काम सुचारु हुने भएको छ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यका भित्रका विभिन्न विकासे आयोजना सञ्चालनका लागि स्थानिय प्रशासनसँग अनुमति लिइएको जानकारी दिए ।

बुधबार चमति एकिकृत जग्गा एकिकरण विकास आयोजनाको निरन्तरताका लागि निर्माण सामग्री आयात र सञ्चालनका लागि अनुमति पत्र हस्तान्तरण गर्दै मन्त्री मानन्धरले तोकिएको समय भित्र आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

उक्त आयोजना २०५९ देखि सुरु भएपनि हालसम्म निर्माणाधिन अवस्थामै रहेपछि सरकारले चासो दिन थालेको हो । कार्यक्रममा चमति एकिकृत आयोजनाका ठेकेदार दावा लामाले तोकिएको मितिमै आयोजना समापन गर्ने प्रतिवद्वता जनाए ।

मन्त्री मानन्धरले लकडाउनका समयमा पनि सामाजिक दुरी कायम गर्दै विकास आयोजना सञ्चालन गर्नुको विकल्प नरहेको बताउँदै कोरोना महामारीसँग जुध्दै विकासलाई पनि निरन्तरता दिइने बताए ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम सार्थक बनिरहेको बताउँदै मन्त्री मानन्धरले अब बिकासका गतिविधिलाई पनि तिब्रता दिइने बताए ।

मन्त्री मानन्धरले बेरोजगार बनेका श्रमिकहरुलाई काम दिन सकिए आर्थिक गतिविधि पनि चलायमान हुने बताए । आगामि आर्गिक वर्षको बजेटमा कोरोना भाइरसको प्रभाव देखिए पनि विकास आयोजनाहरुको बजेट व्यवस्थापनमा कुनै समस्या नहुने मन्त्री मानन्धरको तर्क छ ।

सहरी विकास मन्त्रालय मार्फत् आगामी वर्ष कम्तिमा एक लाख विपन्न परिवारको घरमा लगाइएको फुसको छानो विस्थापन गराइने मन्त्री मानन्धरले जानकारी दिए ।

मन्त्री मानन्धरले आगामी वर्ष कम्तिमा एक लाख फुस र खरको छानो हटाएर जस्तापाताको छानो राखिने जानकारी दिए । यस्तै १६५ वटै निर्वाचन क्षेत्रका सहरी क्षेत्रको स्तर उन्नतिका लागि चक्रपथको परिकल्पना गरिएको मन्त्री मानन्धरले जानकारी दिए ।

यस्तै उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्नेगरी प्रस्तावित टोखा-छहरे सुरुङमार्गदेखि निर्माणाधिन नौविसे सुरुङमार्ग सम्म वैकल्पिक चक्रपथसहितको नयाँ सहर बनाउने तयारीमा मन्त्रालय रहेको छ ।

दुबै सुरुङ मार्गको मुखमा तथा फुट्रयाकको शुन्य विन्दुमा सुख्खा बन्दरगाह निर्माणबारे पनि छलफल चलिरहेको मन्त्री मानन्धरले जानकारी दिए ।

सहरी विकास मन्त्रालयले बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्डको कामलाई पनि निरन्तरता दिने भएको छ । त्यसका लागि आवश्यक सबै प्रवन्ध मिलाईएको छ । यस्तै बालाजु बाईपास क्षेत्रको सडकहरु विस्तारको कामलाई पनि तिब्रता दिईएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ५ : ०४ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन