सचिवालय बैठक बीचमै छोडेर हिँडे प्रधानमन्त्री ओली « Khabarhub

सचिवालय बैठक बीचमै छोडेर हिँडे प्रधानमन्त्री ओली


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपाको सचिवालय बैठक बीचमै छोडेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली बाहिरिएका छन् ।

बैठकमा नेताहरुबीच विवाद भएसँगै ओली बैठक छोडेर हिँडेका स्रोतको दाबी छ ।

बालुवाटार स्रोतका अनुसार सचिवालय बैठक चलिरहेको बेलामा विवाद भएपछि प्रधानमन्त्री ओली बैठक छोडेर हिँडेका थिए । उनी हिँडेपनि बैठक भने जारी रहेको छ ।

अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचमा विवाद भएको स्रोतको दाबी छ ।

‘बैठक शुरु भएको केही समयमा नै अध्यक्ष ओली हिँड्नु भयो’, स्रोतले भन्यो, स्थायी समिति बैठकका एजेण्डका विषयले दुई अध्यक्षबीच विवाद भएको थियो ।’

बुधवार अपराह्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सचिवालय बैठक शुरु भएको थियो ।

विहीबार(भोलि) का लागि बोलाइएको स्थायी समिति बैठकमा पेस गर्ने प्रस्तावका बारेमा छलफल गर्न बैठक बोलाइएको थिया ।
नेकपामा केही समय यता विवाद देखिएको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई विवादास्पद अध्ययादेश जारी गर्ने निर्णय गरेसँगै नेकपाको विवाद चुलिएको थियो ।

पार्टी फुटाउने गरि अध्ययादेश ल्याउन खोजेको भन्दै विरोध भएको थियो । अर्का अध्यक्ष प्रचण्ड, नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले प्रधानमन्त्री ओलीलाई सरकारबाट बाहिरिन दबाब दिइरहँदा ओलीले उपाध्यक्ष गौतमलाई आगामी प्रधानमन्त्री र नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए ।

गत शनिवार बसेको बैठकमा उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने, प्रधानमन्त्री ओलीसहितका नेताले यसअघिका गल्तीमा आत्मआलोचना गर्ने र पार्टी एकतालाई थप मजवुद बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस्तै २५ गतेका लागि स्थायी समिति बैठक बोलाइएको थियो ।

ओलीले स्थायी समिति बैठकलाई टार्ने प्रयास गरेपनि अधिकांश सचिवालय सदस्य स्थायी समिति बैठकको पक्षमा रहेका थिए ।
गत हप्ताको वैठकपछि नेकपाको विवाद केही मत्थर भएको अनुमान गरिएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ५ : ५१ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन