सचिवालय बैठक बीचमै छोडेर हिँडे प्रधानमन्त्री ओली « Khabarhub

सचिवालय बैठक बीचमै छोडेर हिँडे प्रधानमन्त्री ओली


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपाको सचिवालय बैठक बीचमै छोडेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली बाहिरिएका छन् ।

बैठकमा नेताहरुबीच विवाद भएसँगै ओली बैठक छोडेर हिँडेका स्रोतको दाबी छ ।

बालुवाटार स्रोतका अनुसार सचिवालय बैठक चलिरहेको बेलामा विवाद भएपछि प्रधानमन्त्री ओली बैठक छोडेर हिँडेका थिए । उनी हिँडेपनि बैठक भने जारी रहेको छ ।

अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचमा विवाद भएको स्रोतको दाबी छ ।

‘बैठक शुरु भएको केही समयमा नै अध्यक्ष ओली हिँड्नु भयो’, स्रोतले भन्यो, स्थायी समिति बैठकका एजेण्डका विषयले दुई अध्यक्षबीच विवाद भएको थियो ।’

बुधवार अपराह्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सचिवालय बैठक शुरु भएको थियो ।

विहीबार(भोलि) का लागि बोलाइएको स्थायी समिति बैठकमा पेस गर्ने प्रस्तावका बारेमा छलफल गर्न बैठक बोलाइएको थिया ।
नेकपामा केही समय यता विवाद देखिएको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई विवादास्पद अध्ययादेश जारी गर्ने निर्णय गरेसँगै नेकपाको विवाद चुलिएको थियो ।

पार्टी फुटाउने गरि अध्ययादेश ल्याउन खोजेको भन्दै विरोध भएको थियो । अर्का अध्यक्ष प्रचण्ड, नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले प्रधानमन्त्री ओलीलाई सरकारबाट बाहिरिन दबाब दिइरहँदा ओलीले उपाध्यक्ष गौतमलाई आगामी प्रधानमन्त्री र नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए ।

गत शनिवार बसेको बैठकमा उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने, प्रधानमन्त्री ओलीसहितका नेताले यसअघिका गल्तीमा आत्मआलोचना गर्ने र पार्टी एकतालाई थप मजवुद बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस्तै २५ गतेका लागि स्थायी समिति बैठक बोलाइएको थियो ।

ओलीले स्थायी समिति बैठकलाई टार्ने प्रयास गरेपनि अधिकांश सचिवालय सदस्य स्थायी समिति बैठकको पक्षमा रहेका थिए ।
गत हप्ताको वैठकपछि नेकपाको विवाद केही मत्थर भएको अनुमान गरिएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ५ : ५१ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य