जो ‘लकडाउन’मा भोका कुकुरलाई खाना खुवाउन दैनिक निस्किन्छन् सडकमा « Khabarhub

जो ‘लकडाउन’मा भोका कुकुरलाई खाना खुवाउन दैनिक निस्किन्छन् सडकमा


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले मुलुकभर लकडाउन लागू गरेको छ ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्नेहरु सबैभन्दा बढी प्रभावित बनेका छन् । त्यो भन्दा बढी सडमा रहेका पशु चौपायाहरु प्रभावित छन् । सडकमा भएका पशु-चौपायाहरुले खान पाए/नपाएकोप्रति धेरैको ध्यान जान सकेको छैन ।

यही अवस्थालाई ध्यानमा राखेर बुढानिलकण्ठ क्षेत्रका युवाहरुले सडकमा भोकै रहेका कुकुरहरुलाई दैनिक खाना खुवाउँदै आएका छन् ।

‘मिलेर गरम्, सकेको गरम्’ अभियनाका साथ बुढानिलकण्ठ नगरपालिका वडा नं. १० र १२ का युवाहरुले सडकका कुकुरहरुलाई दैनिक खाना खुवाउने गरेका हुन् ।

उनीहरुले सकेको सहयोग उठाएर सडकका कुकुरहरुलाई दैनिक खाना खुवाउँदै आएका छन् । यो अभियान लकडाउन अवधिभर मात्र नभएर निरन्त गरिने उनीहरुले बताएका छन् ।

अभियानमा स्थानीय युवाहरु दिपेश भण्डारी, राहुल लुइँटेल, सुदीप लुइँटेल, नवीन रिमाल, सौरभ अधिकारी, अनिल कार्की, किरण थापामगर, साहिल गौतम , नयन रिमाल, अनुज लुइँटेल लगायत छन् ।

‘सेवा नै सबैभन्दा ठूलो धर्म हो’, अभियानमा सामेल साहिल गौतमले भने, ‘यो विषम परिस्थितिमा मानवलाई मात्र होइन पशुपँक्षी तथा जीवजनावरहरुलाई पनि साथ र सहयोगको खाँचो छ, त्यो हामीले बुझेका छौं । अभियानलाई निरन्तरता दिने छौं ।’

सहयोगी हातहरुलाई अभियनमा साथ दिन आग्रह गर्दै उनले दैनिक छाक टार्न गाह्रो हुनेहरुलाई समेत आफूहरुले सहयोग गर्दै आएको जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ४६ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान