घरमै लागू औषधको अड्डा, श्रीमान् श्रीमती नै कारोबारी « Khabarhub

घरमै लागू औषधको अड्डा, श्रीमान् श्रीमती नै कारोबारी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– आफ्नै घरलाई लागू औषध बिक्री गर्ने अड्डा बनाएका १ व्यक्तिसहित पर्सा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज महानगरपालिका–३ बस्ने ४६ वर्षीय सन्तोष पटेलसहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उनकी श्रीमती ३७ वर्षीया बबिता देबी समेत छिन् ।

पक्राउ पर्ने अन्यमा वीरगन्ज–३ का २८ वर्षी टिँकु श्रीवास्तव, पर्साको बिन्दबासिनी गाउँपालिका–२ का २८ वर्षीय राजनाथ यादव र बाराको प्रसौनी गाउँपालिका–२ नौतन बस्ने ३२ वर्षीय मुग्रिम साह छन् ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज महानगरपालिका–३ का सन्तोष पटेलले आफ्नो घर बाटै लागू औषधि बिक्री गर्दै आएका थिए । उनको कार्यमा श्रीमती बबिताले समेत सहयोग गर्दै आएका थिए ।

उनले विभिन्न समाजिक सञ्जालको प्रयोग गरी घरबाटै लागू औषध बिक्री गर्दै आएका थिए । कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनका अवधिमा समेत केही व्यक्ति लागू औषध कारोबारमा सक्रिय रहेको सूचनाका आधारमा प्रहरी सन्तोषसम्म पुग्न सफल भएको हो ।

प्रहरीले सन्तोषको घरबाट नियन्त्रित लागू औषध डायलेक्स–डीसी ८७ बोत्तल, आनेरेक्स १ सय ३ बोत्तल, निट्राजेपाम २० पिस, निट्राभेट ३६ पिस र सिम्प्लेस्ट ५८ पिस बरामद गरेको छ ।

उनले आफ्नो कोठामा रहेको बक्स पलङ भित्र लागू औषध लुकाएर राखेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : २५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम