लुकीछिपी उपत्यकामा भित्रिन नदिन कडाइ | Khabarhub Khabarhub

लुकीछिपी उपत्यकामा भित्रिन नदिन कडाइ


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यका भित्रिने सवारीसाधन र मानिसको आवागमन रोक्न स्थानीय प्रशासन र प्रहरीले थप कडाइ गरेको छ ।

लुकीछिपी मानिस भित्रिने गरेको भन्ने सूचना आएपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उपत्यका भित्रिने विभिन्न नाकाको स्थलगत अनुगमन गरेको छ ।

काठमाडौँ बाहिरबाट उपत्यकाभित्र धमाधम मानिस लुकेर आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमन गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले बताए । उनले त्यसरी लुकेर भने मानिस नआएको पाइएको बताए ।

ट्राफिक महाशाखाका प्रमुख ढकालले नाकामा खटिएका सुरक्षाकर्मीलाई नाकामा थप कडाइ गर्न निर्देशनसमेत दिए । महामारी नियन्त्रण गर्न जो जहाँ छ, त्यहीँ बसेर सरकारको प्रयासमा साथ दिनसमेत उनले सर्वसाधारणाई आग्रह गरे ।

सरकारले कोभिड १९ को रोकथामका लागि लकडाउनको आदेश जारी गरेको छ । यस अवधिमा आजसम्म कूल १९ जनामा कोभिड १९ देखिइसकेको छ ।

सर्ने क्रम जारी रहेकाले थप सावधानी अपनाउन र आवतजावत रोक्नुपर्ने आवश्यकता छ । त्यसैले लकडाउनलाई कडाइ गरिएको काठमाडौँका प्रमखु जिल्ला अधिकारी दाहालले बताए । अहिले प्रहरीले अत्यावश्यक सामान बोकेका सवारी र स्वास्थ्य उपचारसँग सम्बन्धित गाडीलाई मात्रै उपत्यका भित्रिन दिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : ३५ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्