१४ हजार ९६ को स्वास्थ्य परीक्षण सकियो « Khabarhub

१४ हजार ९६ को स्वास्थ्य परीक्षण सकियो


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा र्‍यापिड डाइग्नोस्टिक विधिबाट ५२ हजार ९७० को नमूना परीक्षण गरिएको प्रवक्ता डा विकास देशकोटाले जानकारी दिए । गत २४ घण्टामा ९३१ वटा परीक्षण भएका छन् ।

तीव्र गतिमा विस्तार भइरहेको कोभिड १९ को आवश्यक सामग्री व्यवस्थापनसहित परीक्षणलाई प्रभावकारी ढङ्गबाट अघि बढाइने मन्त्रालयले जनाएको छ । मुलुकमा विभिन्न क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या १९ हजार ७३४ छ भने आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या १३६ छ । रेडजोनमा रहनेको सङ्ख्या ३३३ रहेको छ ।

कोशी अस्पतालमा उपचारमा रहेका छ जना सङ्क्रमितको परीक्षण नेगेटिभ देखिएकाले उनहरु अस्पतालबाट बाहिरिनुभएको डा देवकोटाले जानकारी दिए । अस्पतालमा कोभिडको उपचारपछि घर फर्कनेको सङ्ख्या हालसम्म २२ पुगेको छ ।

काठमाडौँका अस्पतालबाट वैशाख ११ गते डिस्चार्ज भएका पुरुषको पुनः नमूना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै वैशाख १४ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षीय र पर्साका ४४ वर्षीय पुरुषको पनि नमूना परीक्षण पोजेटिभ आएकाले नारायणी अस्पतालमा भर्ना गरिएको छ ।

वीरगञ्जबाट पठाइएको नमूना परीक्षणमा थप १७ जनाको नतिजा पोजेटिभ आएको छ । पछिल्लो नतिजासँगै हाल देशमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ । उनहरु सबैको स्वास्थ्यस्थिति सामान्य रहेको डा देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : ५० बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच