वुहान शहरमा पाँच महिनापछि विद्यालय जान पाउँदा विद्यार्थी खुशी « Khabarhub

वुहान शहरमा पाँच महिनापछि विद्यालय जान पाउँदा विद्यार्थी खुशी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनको वुहान शहरमा बुधबारदेखि विद्यालयहरु सञ्चालनमा आएका छन् ।

महामारी नियन्त्रणमा आएपछि जनजीवन सामान्य बन्दै गएपछि वुहानमा विद्यालयहरु खुलाइएका हुन् । गत डिसेम्बरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जनवरीदेखि स्कूलहरु बन्द गराइएका थिए ।

झण्डै पाँच महिनापछि वुहानका बालबालिका विद्यालय जान पाएपछि निकै खुशी देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

वुहानका झण्डै ५७ हजार विद्यार्थी स्कूल फर्किएको चीनको सरकारी समाचार संस्थाले जनाएको छ । वुहानका १२१ विद्यालय खुलेका हुन् ।

कक्षा कोठामा ३० जनाभन्दा बढी विद्यार्थी नराख्ने र डेढ मिटरको दूरी कायम गरी डेस्कको व्यवस्था गरिएको जनाइएको छ ।

विद्यालयमा विद्यार्थीहरुलाई सामाजिक दूरी र अनिवार्य मास्कको व्यवस्था गरिएको छ । चीनमा कोरोना संक्रमण रोकिए पनि पूर्णरुपमा नियन्त्रणमा भने आएको छैन । केही नयाँ संक्रमणका घटना भने देखिँदै आएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : ५४ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा