लकडाउन प्रभावकारी बनाउन सातै प्रदेशका प्रहरीलाई महानिरीक्षक ज्ञवालीको निर्देशन « Khabarhub

लकडाउन प्रभावकारी बनाउन सातै प्रदेशका प्रहरीलाई महानिरीक्षक ज्ञवालीको निर्देशन


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सातै प्रदेशका प्रहरी प्रमुखहरुलाई लकडाउन कार्यान्वयन र शान्ति सुरक्षा चुस्त पार्न निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरबाट आज भिडियो कन्फ्रेन्सद्वारा उनलेख कोरोनाको जोखिम फैलिन नदिँन लकडाउन प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक ज्ञवालीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण सिर्जना भएको विषम परिस्थितिमा नेपाल सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन गर्न अग्रपङ्तिमा खटिएको प्रहरीको सक्रिय योगदानका कारण सकारात्मक सन्देश गएको चर्चा गर्दै अझै थप कडाइका साथ लाग्न आग्रह गरे ।

विषम परिस्थितिमा खटिएका प्रहरी कर्मचारीहरुको स्वास्थ्य स्थितिप्रति प्रदेश प्रहरी नेतृत्व अझै संवेदनशील हुनुपर्ने उनले उल्लेख गरे ।

प्रहरी कर्मचारीलाई आवश्यक मास्क र स्यानिटाइजर तथा अग्रपङ्तिमा खटिएका प्रहरीका लागि पिपिई समेतको आवश्यकताअनुसार थप व्यवस्था गरिने उनले आश्वासन दिए ।

सीमा क्षेत्रमा थप सक्रियता अपनाउनुपर्नेतर्फ जोड दिँदै उनले जिल्ला प्रशासन कार्यालय र अन्य सुरक्षा निकायहरुसँग समन्वय र सम्बन्धको माध्यमबाट सीमा व्यवस्थापन गर्न प्रदेश प्रमुखहरुलाई निर्देश दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ११ : ०३ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले