कोरोना भाइरस : विश्वभर ३३ लाखभन्दा बढी मानिस उपचारपछि निको « Khabarhub

कोरोना भाइरस : विश्वभर ३३ लाखभन्दा बढी मानिस उपचारपछि निको


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ३३ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

शनिवार विहान साढे ५ बजेसम्म ३३ लाख  १२ हजार ९१४ जना मानिस उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ७१ हजार २६१ जना निको भएर घर फर्किएका छन् ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६८ लाख २६ हजार ३४९ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३३ हजार ६५५ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ५ हजार ११७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ९७ हजार ४१५ पुगेको छ ।

३१ लाख १६ हजार २० जनाको उपचार भइरहेकोमा ५३ हजार ५०२ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ७७ हजार ९५९ जनाको मृत्यु भएको छ ।

२० लाख ६२ हजार १६१ जना संक्रमित भएकोमा १० लाख ५५ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३३ हजार २६३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ११ हजार ५३२ पुगेको छ । त्यसमध्ये ८ लाख ७६ हजार २३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३३ हजार ६७५ जनाको मृत्यु भएको छ । १२ लाख ९२ हजार १२३ जना संक्रमित भएकोमा ७ लाख ८४ हजार १८७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४७ हजार ४३७ जनाको मृत्यु भएको छ । १० लाख ७१ हजार ६८२ जना संक्रमित भएकोमा ५ लाख ७ हजार ४४० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ९४२ जनाको ज्यान गएको छ भने १ लाख ७९ हजार ३०९ जना संक्रमित छन् । संक्रमितमध्ये ८० हजार ३२२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८६१ जना संक्रमित भएकोमा ८ हजार २६८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ५ : ५१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार