विश्वकप फुटबलको छनोट खेल अक्टोबरबाट सुरू गर्ने तयारी « Khabarhub

विश्वकप फुटबलको छनोट खेल अक्टोबरबाट सुरू गर्ने तयारी


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीका कारण स्थगित विश्वकप फुटबलका छनोट खेल अक्टोबारबाट सुरू गर्ने तयारी भएको छ ।

एसियन फुटबल फेडेरसन (एएफसी) ले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र चीनमा आयोजना हुने एएफसी एसियन कप छनोट अन्तर्गत बाँकी रहेका खेल अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव गरेको छ ।

एएफसीले फीफासँग परामर्श गर्दै कोरोना भाईरसको कारण स्थगित छनोट खेलहरु अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव ल्याएको हो ।

एएफसीले सार्वजनिक गरेको प्रस्तावित मिति अनुसार म्याच डे ७ र ८ को खेलहरु अक्टोबर ८ र १३ मा हुनेछन् । यस्तै म्याच डे ९ र १० का खेलहरु नोभेम्बर १२ र १७ मा हुनेछ ।

यसअघि मार्च र जुनमा हुने तय भए पनि कोरोनाको कारण छनोट खेलहरु स्थगित गरिएको थियो ।

छनोटमा अब नेपालले ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । समूह बी को नेपालले अवे खेल खेलिसकेको छ ।

अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतबिरुद्ध होम गेम भुटानमा खेलेको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ६ : १२ बजे

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

धरान– यहाँको रामधुनी नगरपालिका–६स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय