भारत-चीन सीमा विवादबारे आज सैन्य तहमा वार्ता हुँदै « Khabarhub

भारत-चीन सीमा विवादबारे आज सैन्य तहमा वार्ता हुँदै


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दुई छिमेकी मुलुक भारत र चीनले सीमा विवाद समाधानको पहल थालेका छन् । लद्दाखमा भइरहेको सीमा विवादबारे चीन र भारतबीच आज वार्ता हुँदैछ।

दुई देशका लेफ्टिनेन्ट जनरलबीच लद्दाखमै वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विगत एक महिनादेखि लद्दाखको गलवान घाँटी क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदै आइरहेको छ।

उनीहरूबीच यस वर्ष मात्र ३ पटक झडप भइसकेको बीबीसीले जनाएको छ। झडपपछि दुवै देशले आफ्नो सीमा क्षेत्रमा सैनिक बल बढाएका छन् ।

विश्व समुदायको चासोको विषय बनेको यो विवाद आज हुन लागेको वार्ताले समाधान हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ९ : ५५ बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने