क्वारेन्टाइनबाट घर पठाइएकालाई कोरोना संक्रमण देखिएपछि फेरि बोलाइयो « Khabarhub

क्वारेन्टाइनबाट घर पठाइएकालाई कोरोना संक्रमण देखिएपछि फेरि बोलाइयो


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- भारतबाट दैलेख पुगेका नारायण नगरपालिका–२ का तीन जनाको आरडीटी परीक्षण गरियो । केही दिन नारायण क्याम्पसको क्वारेन्टाइनमा बसेका उनीहरुलाई आरडीटी रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाइयो । तर, पीसीआर रिपोर्ट पोजेटिभ आएको भन्दै फेरि क्वारेन्टाइनमा बोलाइएको छ ।

अहिले उनीहरु जाजरकोटस्थित कोटथाप्लामा निर्माण गरिएको क्वारेन्टाइनमा छन् । उनीहरुसँग आएका ८७ जनाको खोजी गर्न नगरपालिकाले ११ वटै वडा कार्यालयलाई परिपत्र गरेको छ ।

अहिले नारायण नगरपालिकास्थित नारायण क्याम्पस कोरोना संक्रमणको केन्द्र बनेको छ । कर्णालीमा भेटिएकामध्ये आधा संक्रमित क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए ।

१ सय बेड क्षमताको क्याम्पसमा अहिले २ सय ५० जनालाई राखिएको छ । सुरुमा कोरोना पुष्टि भएकालाई छुट्टै व्यवस्थापन गर्न सकेको भए भयावह अवस्था नआउने नागरिक समाजका अगुवा खडकबहादुर सिजापतिले बताए ।

नारायण नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले जनशक्ति अभावले परीक्षण ढिला हुँदा संक्रमित गाउँघरमै पुगेको बताए । उनका अनुसार नगरपालिकामा जेठ १ गतेयता झन्डै १ हजा ५ सय जना भारतबाट भित्रिएका छन् । उनका अनुसार अहिलेसम्म ८ सय ३७ जनाको आरडीटी र ३ सय १६ जनाको पीसीआर गरिएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरन्जन पन्तले रिपोर्ट ढिलो आउँदा संक्रमितको संख्या बढ्दै गएको जनाए । हचुवाको भरमा स्थानीय तहले भारतबाट फर्किएकालाई घर पठाउँदा समस्या भएको जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले बताए ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ३ : ३८ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान