कोरोनाविरुद्ध २० लाख भ्याक्सिन तयार भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी « Khabarhub

कोरोनाविरुद्ध २० लाख भ्याक्सिन तयार भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस(कोभिड–१९) विरुद्ध २० लाख भ्याक्सिन निर्माण भएको दाबी गरेका छन् । शुक्रबार राति आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले २० लाख भ्याक्सिन प्रयोगका लागि नै तयार भइसकेको दाबी गरेका हुन् ।

‘कोरोनाविरुद्धको खोपका बारेमा हामी हिजो बैठक बसेका थियौं । हामीले उल्लेखनीय काम गरेका छौं । खोप निर्माणमा हामीले उल्लेखनीय सफलता हात पारेका छौं,’ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

राष्ट्रपति ट्रम्पले भ्याक्सिन तयार भइसकेको दाबी गरे पनि यसको प्रयोग सुरक्षित छ छैन भन्नेबारेमा वैज्ञानिकहरुबाट भने प्रमाणित हुन बाँकी रहेको बताए । ट्रम्पले कुन कम्पनीले भ्याक्सिन तयार गरेको हो भन्ने कुराचाहिँ खुलाएनन् । न्युयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासनले कोरोनाविरुद्धको भ्याक्सिन निर्माणका लागि ५ वटा कम्पनी छनोट गरेको छ । राष्ट्रपति ट्रम्पले कम्तीमा ८ वटा कम्पनी भ्याक्सिन निर्माणको दौडमा अगाडि रहेको बताएका छन् ।

साथै थेराप्युटिक पद्धतिमा पनि अमेरिकी वैज्ञानिकहरुले सफलता हात पारेको उनले दाबी गरेका छन् । ट्रम्पले खोपको प्रयोग कहिलेबाट सुरु हुन्छ भन्नेचाहिँ केही खुलाएका छैनन् ।

राष्ट्रपति ट्रम्पको भनाइपछि अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौचीले यसबारेमा आफूले टिप्पणी गर्न नसक्ने बताए । उनले राष्ट्रपति ट्रम्पको भनाइबारे आफू अनभिज्ञ रहेको बताए । तर गत मंगलबार आयोजित एक मेडिकल सेमिनारमा भने डाक्टर फौचीले अर्को वर्षसम्म कोरोनाविरुद्धको खोप निर्माण हुनेमा आफू आशावादी रहेको बताएका थिए । उनले कोरोनाविरुद्धको खोप निर्माणमा सबैभन्दा अगाडि अमेरिकी कम्पनी ‘मोडर्ना’ अगाडि रहेको बताएका थिए ।

शनिबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ९७ हजार ८ सय ३८ पुगेको छ । त्यस्तै अहिलेसम्म अमेरिकामा एक लाख ९ हजार १ सय ४३ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ४ लाख ९१ हजार ७ सय ६ जना निको भएका छन् ।

शनिबार बिहानसम्म विश्वभरबाट कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७ लाख ३४ हजार ५ सय ९१ पुगेको छ । त्यस्तै ३ लाख ९४ हजार ८ सय ८७ को मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये करिब २७ लाख ४६ हजार निको भएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ३ : ५६ बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल