नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुग्यो


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष र  सेती प्रादेशिकअस्पतालमा उपचाररत ५५ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । योसँगै मृतकको संख्या १३ पुगेको हो ।

डोल्पाका पुरुष दमको रोगी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिए । उनकाे २१ जेठमा मृत्यु भएकाे थियाे ।

त्यसैगरी धनगढीकी महिला सेती अस्पतालमा २३ जेठमा डायलाइसिस गराउन आएको र मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनको मृत्युपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको देवकोटाले बताए ।

‘डायलासीस गराउन आउँदा कोरोनाको कुनै लक्षण उहाँमा थिएन,’ उनले भने, ‘परीक्षण गर्दा भने रिपोर्ट पोजेटिभ देखिएको हो ।’

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष र पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुष गरी १० जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

शनिबार मुलुकमा थप ३ सय २३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय २३ जना संक्रमित थपिएका हुन् ।

थपिनेमा २ सय ९९ पुरुष र ६६ महिला छन् । यो संगै नेपालमा संक्रमितको कुल संख्या ३ हजार २ सय ३५ पुगेको छ । नेपालका हालसम्म ७० जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ४ : ४८ बजे

‘अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टि’ पुस्तक सार्वजनिक, अर्थमन्त्रीले गरे विमोचन

काठमाडौं- नेपाल आर्थिक पत्रकार समाज सेजनले ‘अर्थनीतिमा डा. स्वर्णिम वाग्‍लेको

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं- सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर

‘सदनलाई सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्छ’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सदनलाई सत्यको

संसद्‍मा ऐन महरले भने- ओली र लेखकलाई बिना शर्त रिहाइ गरियोस्

काठमाडौं– नेकपा एमालेका सांसद ऐन बहादुर महरले तत्काल पूर्व प्रधानमन्त्री

‘सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहनेछ’

काठमाडौं– सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले